मेयर कुश्वाहाद्वारा ५४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान

रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले एक कार्यक्रमको आयोजना गरी नगरभरिका महिला स्वास्थ स्वयंसेविकालाई सम्मान गरेका छन् । ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मेयर कुश्वाहाले कटहरिया नगरपालिका अन्तर्गत कार्यरत ५४ जना महिला स्वास्थ स्वयंसेविकालाई सम्मान गरेका हुन्।कटहरिया नगरपालिकाको प्राङ्गणमा आयोजित विशेष कार्यक्रमका बीच ५४ जना  स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा मेयर सियाराम कुश्वाहा र प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहले संयु