आइसल्यान्डको संसदमा महिलाको बहुमत आएको भए पनि पुनः गणना गर्दा उल्टियो नतिजा

युरोपेली मुलुक आइसल्यान्डको आमनिर्वाचनपछि पहिलोपटक संसदमा महिलाको बहुमत आएको भए पनि पुनः गणना गर्दा नतिजा उल्टिएको छ ।  आइतवार संसारका धेरै सञ्चारमाध्यमहरूले आइसल्यान्डमा लैंगिक क्रान्ति भएको भन्दै समाचार छापेका थिए । स्थानीय निर्वाचन अधिकारीहरूले ३३ जना महिला अनि ३० जना पुरुष सांसद निर्वाचित भएको बताएका थिए ।  तर अन्तिम गणनामा पुरुष सांसद ३३ र महिला सांसद ३० भएको निर्वाचन आयोगले जनायो ।  कतिपय निर्वाचन क्षेत्रमा अन्तर एकदमै थोरै आएपछि पुनः गणना गरिएको र त्यसले गर्दा मुलुकको लैंगिक इतिहास बन्...