राष्ट्र बैंकले बढायो सुनचाँदी, असर्फी टकमरीको भाउ

नेपाल राष्ट्र बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का तथा मेडालियनहरुको भाउ बढाएको छ । बिहीबार एक सूचना जारी गर्दै बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का र मेडालियनहरुको टकमरी र बिक्री कार्यलाई व्यवस्थित गर्न बनेको नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि, २०७५ संशोधन गरिएको जनाएको हो ।२०७९ वैशाख १ गतेको बैंकको निर्णयअनुसार यसअघिको ऐनमा व्यवस्था भएको खण्ड (ख) बमोजिम गणना गरिएको आधारमा मूल्यमा टकमरी गर्दाको जर्ती लगायतको लागत वापत प्रतिग्राम २ सय रुपैया

सम्बन्धित सामग्री

सुनका असर्फी र चाँदीका सिक्का बिक्री [तस्बिरहरू]

नेपाल राष्ट्र बैंकले आउँदो साताको आजदेखि सर्वसाधारणका लागि सुनका असर्फी र चाँदीको सिक्का बेच्ने सुरु गरेको छ।  तिहारलक्षित गरेर केन्द्रीय बैंकले आजदेखि धनत्रयोदशीका दिन (२४ कात्तिकसम्म) सुनचाँदी बिक्री गर्नेछ।   असर्फी र...

राष्ट्रबैंकले १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

काठमाण्डाै – तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले यही कात्तिकको १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।राष्ट्र बैंकले आज बुधवार सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने जनाएको हो । सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउनेछन् । एक सेट सुनका असर्फीमा १० ग्राम, पाँच ग्राम र साढे दुई ग्रामका सिक्का हुन्छन् ।यस्तै चाँदीका सिक्काको सेटमा गाई अङ्कित २५ ग्राम र १० ग्रामका सिक्का, लक्ष्मी, गणेश र लक्ष्मी गणेश अङ्कित १०/१० ग्रामका सिक्का ह...

राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने - NepaliPatra

काठमाडौँ। नेपाल राष्ट्र बैंकले यही कात्तिकको १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ। बुधबार राष्ट्र बैंकले सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने जनाएको हो। सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउनेछन्। एक सेट सुनका असर्फीमा १० ग्राम, पाँच ग्राम […]

राष्ट्र बैंकले बेच्ने सिक्का र असर्फी कति गुणस्तरीय, बेच्दा भाउ घट्छ कि घट्दैन ?

तिहारका अवसर पारेर नेपाल राष्ट्र बैंकले सुनचाँदीका सिक्का, असर्फी र टक्सारहरु धमाधम बिक्री गरिरहेको छ । बबरमहलस्थित बैंकको टक्सार विभागबाट भइरहेको असर्फीको बिक्री आइतबारसम्म जारी रहने छ ।बिहीबारदेखि २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुनका सिक्कासहित १ हजार रुपैयाँ अंकित चाँदीको सिक्का उपलब्ध गराइरहेको बैंकले यसवर्ष १० हजार पिस सिक्का बिक्रीका लागि मौज्दात रहेको जनाएको छ । अघिल्लो वर्ष यस्तो सिक्काको अभावकाबीच बैंकले ४ हजार पिस मात्र बिक्री गरेको थियो । खासगरी तिहारको धनतेरसका दिन तथा लक्ष्मी

सुनका सिक्का र असर्फी आइतबारसम्म किन्न पाइने, १० हजार वटा सिक्का मौज्दात

नेपाल राष्ट्र बैंकले तिहार लक्षित सुनका सिक्का, असर्फी तथा टक्सारहरुको बिक्री वितरण शुरु गरेको छ । बबरमहलस्थित टक्सार विभागबाट बिहीबारदेखि शुरु भएको असर्फीको बिक्री वितरण आगामी आइतबारसम्म जारी रहने बैंकले जनाएको छ । राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालका अनुसार गत वर्षहरू जस्तै यसपटक पनि बैंकले २.५ ग्रामका, ५ ग्रामका र १० ग्रामका सुनको सिक्का सर्वसाधारणलाई उपलब्ध गराएको छ भने रु. १००० अंकित चाँदीको सिक्का समेत उपलब्ध गराएको छ । रु. १००० अंकित चाँदीको सिक्काको मूल्य १६

सुन र चाँदीको सिक्का (असर्फी) किन्नेको घुइँचो (फोटोफिचर)

काठमाडौँ बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैकले धनतेरसलाई नै लक्षित गरेर बिहीबारदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का (असर्फी) बिक्री सुरु गरेको हो।...

राष्ट्र बैंकले बिक्री गर्ने सुन र चाँदीबाट बनेकाे असर्फीको मूल्य कति ?

हरेक वर्षझैँ यस वर्ष पनि नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै धनतेरसका लागि सुन र चाँदीका सिक्का (असर्फी) बिक्रीवितरण सुरु गरेको छ । राष्ट्र बैंकको टक्सार विभाग बबरमहलमा बिहीबारदेखि बिक्री सुरु गरिएको हो ।

तिहारका लागि असर्फी बिक्री सुरु

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै असर्फी बिक्री सुरु गरेको छ। बबरमहलस्थित टक्सार महाशाखाबाट राष्ट्र बैंकले सुन र चाँदीका असर्फी बिक्री सुरु गरेको हो। २.५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार...

राष्ट्र बैंकले बढायो असर्फीको मूल्य

नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको छ । आज नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै असर्फीको मूल्य बढेको जनाएको हो ।बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का र मेडालियनको खरिद, टकमरी र बिक्री कार्यलाई व्यवस्थित गर्न बनेको नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी तथा बिक्रीसम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्दै असर्फीको मूल्य बढाएको हो ।संशोधन कार्यविधिअनुसार यसअघि प्रतिग्राम रु दुई सयका दरले रकम थप गरी असर्फीको दैनिक मूल्य निर्धारण हुँदै आएकामा रु एक सयले बढाएर प्रतिग्राम असर्फीको मूल्य रु तीन सय बनाइएको छ ।यस्तै संशोधित व्यवस्थाले सर्वसाधारण बाहेक सङ्गठित तथा निजी क्षेत्रका संस्थागत खरिदकर्ताबाट प्रयोजन खुलाई न्यूनतम २० थान असर्फी माग भई आएमा असर्फीको मौज्दात, माग गर्ने संस्थाको आवश्यकता तथा औचित्यका आधारमा विभागीय निर्णयबाट बिक्री गरिने छ ।यसरी बिक्री गर्दा जर्ती लगायतको लागतबापतप्रति ग्राम रु पाँच सय थप गरी बिक्री मूल्य निर्धारण गरिने भएको छ । हाल रु तीन सय थप गरिँदै आएको थियो । यही असार ५ गते बसेको राष्ट्र बैंक सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको जनाइएको छ ।

तिहारमा १४ किलो सुनको ३१ सय असर्फी बिक्री

१० ग्रामका असर्फी ५ सय थान, ५ ग्रामका १ हजार थान र २.५ ग्रामका १ हजार ६ सय थान गरी ३१ हजार थान असर्फी बिक्री भएको राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोद आचार्यले जानकारी दिए ।