एक महिनादेखि रोकिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

नेपाल नर्सिङ काउन्सिलले प्रश्नपत्र बाहिरिएको भन्दै स्थगन गरेको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ। नेपाल प्रहरीको अनुसन्धान रिपोर्टपछि काउन्सिलले परीक्षामा अमर्यादित कार्य गर्ने ७ जनासहित १२ जनाको नतिजा रोक्दै अन्य विद्यार्थीको नतिजा प्रकाशित गरेको हो।