प्रधानमन्त्री केपी ओलीद्वारा यसकारण राजीनामा दिन अस्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन अस्वीकार गरेका छन् । अहिलेकै अवस्थामा राजीनामा दिए देशमा अस्थिरता आउने उनको दावी छ । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देशमा अस्थिरता आउने दावी गरेको सोही टेलिभिजनको अनलाइन संस्करणमा उल्लेख गरिएको छ । नेकपाको ओली समूहलाई बाहिर राखेर सरकार गठनको प्रयास भइरहँदा प्रधानमन्त्री ओलीले भने त्यस्तो संभावना नरहेको पनि बताएका छन् ।  प्रचण्ड–नेपाल पक्षलाई सरकार बनाउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले समर्थन नगर्...