काठमाण्डाै - पाँच दलीय सत्ता गठबन्धनले सर्वोच्च अदालतमा देखिएको समस्यालाई यथाशीघ्र निकास हुने गरी पहल गर्ने बताएको छ ।
गठबन्धनमा आबद्ध दलहरु सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्यामा ध्यानाकर्षण भएको भन्दै यथाशीघ्र निकास दिनका लागि पहल गर्ने बताएको हो ।
बैठकले समस्या समाधानको पहलका लागि सरोकारवालाहरुलाई आह्वान पनि गरेको छ ।
समितिका संयोजक एवम् कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको आह्वानमा सिंहदरबारमा बसेको बैठकले न्यायपालिकाको स्वतन्त्रता, गरि...