महामारी प्रतिकार्य र पुनरुत्थानका लागि विश्व बैंकको १७ अर्ब ५५ करोड सहायता

काठमाडौं (अस) । विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई १७ अर्ब ५५ करोड रुपैयाँ सहायता उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम बिहीवार स्वीकृत गरेको हो । ‘महामारीबाट सामाजिक एवं आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसंख्यालाई हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा तत्काल राहत उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो,’ नेपाल, श्रीलंका र मालदिभ्सका लागि बैंकका देशीय निर्देशक फारिस हदाद जार्भोसले सहायता रकम स्वीकृत भएपछि भनेका छन् । नेपालको आर्थिक वृद्धि, पुनरुत्थान र उत्थानशील वित्तीय नीति तथा कार्यक्रममा सघाउन उक्त रकम उपयोग हुनेछ । कर तथा भन्सार प्रणाली, ऋण व्यवस्थापन, सार्वजनिक खर्च, सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण, हरित पुनरुत्थानका लागि नियामक आधार खडा गर्ने, संरचनागत व्यवधान हटाउन तथा पूँजीमा निजीक्षेत्रको पहुँच पु¥याउन सहयोग रकम परिचालन हुने बताइएको छ ।

सम्बन्धित सामग्री

अति कम विकसित मुलुकलाई सहयोगको खाँचो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोभिड महामारीपछिको आर्थिक तथा विकासको पुनरुत्थानका लागि अति कम विकसित देशलाई सघाउन शक्तिराष्ट्रलाई आह्वान गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाको अवसर पारेर आयोजना गरिएको ‘महामारी रोकथाम, तयारी तथा प्रतिकार्य’ विषयक उच्चस्तरीय बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महामारीको सङ्कटबाट बाहिर निस्कन सङ्घर्षरत अति कम विकसित मुलुकलाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो रहेको औँल्याउनुभएको हो।

महामारी प्रतिकार्य र पुनरुत्थानका लागि विश्व बैंकको १७ अर्ब ५५ करोड सहायता

काठमाडौं, असार ४। विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई १७ अर्ब ५५ करोड रुपैयाँ सहायता उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम बिहीवार स्वीकृत गरेको हो । ‘महामारीबाट सामाजिक एवं आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसंख्यालाई हरित, […]

महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै

विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज स्वीकृत गरेको हो । “महामारीबाट सामाजिक एवं आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसङ्ख्यालाई हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा तत्काल राहत उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो”, नेपाल, श्रीलङ्का र माल्दिभ्सका लागि बैंकका देशीय निर्देशक फारिस हाद

विश्व बैंकले नेपाललाई १७ अर्ब ५५ करोड उपलब्ध गराउने

काठमाडौँ ।  विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम बिहिवार स्वीकृत गरेको हो ।

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन् । अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई आज सम्बोधन गर्दै उनले कोभिड–१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनरुत्थानका निम्ति पनि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको बताए ।सम्मेलनका क्रममा चीनको राज्य परिषद् सदस्य तथा विदेश