वीरगञ्जले गरेको स्तर तथा शुल्क निर्धारण कार्यान्वयन नगर्न अन्तरिम आदेश

७ पुुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले गरेको संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारण कार्यान्वयन नगर्न उच्च अदालत जनकपुरको अस्थायी ईजलास वीरगञ्जले अन्तरिम आदेश जारी गरेको छ । महानगरपालिकाले मंसिर २३ गते सार्वजनिक गरेको स्तर तथा शुल्क निर्धारण विरुद्ध परेको रिट निवेदनको सुनुवाइ गर्दै बिहीबार अदालतले वीरगञ्ज महानगरपालिकाको नाममा उत्प्रेषणको अन्तरिम आदेश जारी गरेको हो । […]