भारतबाट ल्याउँदै गरेको दुई गाडी अवैध चिनी सहित तीनजना पक्राउ

सशस्त्र प्रहरी बल पश्चिम नलपरासीले भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करीव ३४ लाख २ हजार रुपैयाँ बराबरको ६० क्विन्टल चिनीसहित दुई गाडी र तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामा जिल्लाको प्रतापपुर गाउँपालिका २ घोडाहा बस्ने ४५ वर्षिय धिरेन्द्र कुमार चौधरी, २० वर्षीय किरण कुमार चौधरी र रामग्राम नगरपालिका ७ उजैनी बस्ने रोशन …