काठमाडौं : अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ परेका छन्।रामेछापको खाँडादेवी गाउँपालिका-३ आँपचौर बस्ने ४९ वर्षीय नवराज खत्रीलाई अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनको सोही ठाउँस्थित किनारा पसलमा लागूऔषध लुकाई राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खाँडादेवीबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो।यस्तै, महोत्तरीको जलेश्वर नगरपालिका-३ मलिबाराबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ हजा