निर्वाचन आयोगले सोध्यो कोमल वलीलाई स्पष्टीकरण

काठमाडौं :  निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका दाङ क्षेत्र नं. ३ का नेकपा (एमाले) का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ।निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ।‘तपाईँले निर्वाचन आचारसंहिताको दफ