चिनियाँ सेनाको भारतलाई धम्की, कुनै पनि हालतमा गर्नेछौ संप्रभुताको रक्षा

एजेन्सी । सिक्किम क्षेत्रको डोकलाममा भारतसँग सैन्य बिवादबीच चीनले भारत माथि दबाव दिने कोशिश गरिरहेको छ । चीन सरकारपछि चिनियाँ सेनाले डोकलामलाई लिएर धम्की दिएको हो । चिनियाँ सेनाले सोमबार जारी गरेको विज्ञाप्तिमा डोकलामबाट भारतको सेना पछि नहटे चीनतको तर्फबाट तैनाथ सैनिकको संख्यामा बृद्धि गर्ने बताएको छ ।