आयोजना प्रभावितका लागि खुल्यो मन्दाकिनी हाइड्रोको आईपीओ

मन्दाकिनी हाइड्रोपावरले आयोजना प्रभावितहरूका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ८८ हजार ३७ कित्ता आईपीओ बिक्री खुलाएको हो । हाइड्रोपावरको कूल चुक्ता पूँजी ५८ करोड ८० लाख ३६ हजार रुपैयाँ छ । यस चुक्ता पूँजीको १० प्रतिशत अर्थात ५ करोड ८८ लाख ३ हजार रुपैयाँ बराबरको आईपीओ खुलाएको बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले जानकारी दिएको छ ।यो सेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २, ३, ४ र ६