कस्तूरीको बिनासहित दुई जना पक्राउ

काठमाडौं : प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैवबाट संरक्षित वन्यजन्तु कस्तूरीको बिनासहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका घर भएका लालबहादुर घलान र झापा गौरिगञ्जका उदयकुमार कोइराला छन्।उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको ब्यूरोले जनाएको छ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार संरक्षित बन्यजन्तुको आखेटोपहार बेचविखन गर