कार्यकाल सकिनै लाग्दा जनप्रतिनिधिले त्यागे सरकारी सुविधा

हेटौँडाः कार्यकालको अन्तिमतिर मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वघोषणा गरेका छन्। शनिबार राक्सिराङ ९ स्थित गैजुराङमा अन्तिम कार्यपालिका बैठक बस्दै जनप्रतिनिधि भएबापत आफूहरुलाई प्राप्त भएको सरकारी सवारी तथा तलब भत्ता त्याग गरेको घोषणा गरेका हुन्। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितको बैठकले…