पुस ८,काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको साढे २ घण्टाको अवधिमा अपि पावर कम्पनीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
उक्त अवधिसम्ममा कारोबारमा आएका २२३ ओटा धितोपत्रमध्ये अपि पावर कम्पनीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
अपि पावर कम्पनी,नेशनल हाइड्रोपावर,सिद्धार्थ इक्विटी फण्ड,गोर्खाज फाइनान्स र माछापछ्रे बैंकको शेयरमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा धितोपत्र मध्ये सबैभन्दा बढी अपि पावर कम्पनीको १ लाख ५९ हजार ३१८ कित्ता शेयर खरीद माग रहेको छ ।
त्यसैगरी नेशनल हाइड्रोपावरको १ लाख ४७ हजार ४४० कित्ता,सिद्धार्थ इक्विटी फण्डको १ लाख ३५ हजार ६०० इकाई,गोर्खाज फाइनान्सको १ लाख ३३ हजार २४६ कित्ता र माछापुच्छ्रे बैंकको १ लाख १९ हजार ४२० कित्ता शेयर खरीद माग रहेको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २५ दशमलव २२ अंक बढेर २ हजार ५३२ दशमलव ९३ बिन्दुमा पुगेको छ ।