प्रवासमा रहेका युवाले बागलुङको एक मध्यम परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
रोजगारीको सिलसिलामा जापानमा रहेका युवाले गलकोट नगरपालिका–७ आँगाखेतकी वसुन्धरा केसीको परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।
विभिन्न रोगबाट ग्रसित केसीको उपचारका क्रममा मृत्यु भएपछि जापानमा कर्मथलो बनाएका गलकोट–७ मल्म सिरबारेका युवा प्रकाश केसीको पहलमा संकलित रकम हस्तान्तरण गरिएको हो । उनीहरूले ३ लाख ४५ हजार रुपैयाँ केसी परिवारलाई हस्तान्तरण गरेका थिए ।
वडाध्यक्ष टीकाबहादुर थापा र गलकोट समाज पोखराका अध्यक्ष हीरा...