प्रधानमन्त्री वालेन्द्र शाहले देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङको जोखिम अझै कायमै रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री शाहले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेका छन् । कुनै पनि संकट परेमा शुल्क नलाग्ने […]
बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता तथा निसीखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईं जानकारी दिए । अविरल वर्षाका कारण तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज […]
शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा, स्कुल ब्यागसहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ। कम्पनीका अनुसार केन्द्रमा रहेका विद्यार्थीहरूको अध्ययन तथा दैनिक जीवनलाई थप सहज बनाउने उद्देश्यले आयोजित कार्यक्रममार्फत सामग्री हस्तान्तरण गरिएको हो। शिवम् सिमेन्टले यसअघि रोल्पा नगरपालिका–१०, धाङ्सी निवासी विशेष क्षमता भएका बालक सन्देश बुढा मगरको शिक्षामा […]
काठमाडौँ । अब वीरगञ्जवासीले वडा कार्यालयबाटै मालपोत कर सङ्लन गर्न सक्ने भएका छन् । वीरगञ्ज महानगरपालिकाले नगरवासीलाई मालपोत कर तिर्न सहज हुने गरी अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर सङ्लन गर्ने व्यवस्था लागू गरेको छ । सोमबारदेखि महानगरपालिकाका सबै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर सङ्लन गर्न सक्ने व्यवस्था मिलाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर […]
धादिङ । अविरल वर्षासँगै पहिरो खस्दा धादिङका मुख्य राजमार्गहरूमा यातायात अस्तव्यस्त बनेको छ। पृथ्वी राजमार्ग र त्रिभुवन राजपथका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी साधन रोकिएका छन्। बेनिघाटरोराङ गाउँपालिका–१०, हुग्दीखोला नजिक डाँडाबाट ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण रातिदेखि सवारी आवागमन रोकिएको छ। सडक खुलाउन पहिरो पन्छाउने प्रयास भइरहेको छ। […]