सोच्नुहोस्, तपाईंको देशमा बम खस्दै छ : जेलेन्स्कीको भावुक सम्बोधन

टोरन्टो : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निकै भावुक हुँदै सहयोगको अपिल गरेका छन्। जेलेन्स्कीले मंगलबार क्यानडाका नागरिकलाई उनीहरूको समुदायको बीचमा बम खसेको कल्पना गर्न आग्रह गरे।उनले क्यानडाको संसद् र सरकारलाई रूसमाथि आर्थिक र सैन्य दबाब दिन आग्रह गरे। जेलेन्स्कीले क्यानडाका प्रधानमन्त्री जस्तिन त्रुदो र सांसदहरूलाई युक्रेनमा उडान निषेधित क्षेत्र बनाउन मद्दत गर्न आग्रह गरे।उनले भने, 'जस्तिन, तपाईं वा तपाईंका बच्चाहरूले शक्तिशाली विस्फोट, विमानस्थलमा बम आक्रमण, ओटावा विमानस्थल बम