कोरोना बढेसँगै ‘स्मार्ट लकडाउन’ गर्ने तयारीमा सरकार

पछिल्ला केही दिनमा कोभिड–१९ तथा यसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिले सक्रियता बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा शुक्रवार सिंहदरबारमा बसेको सीसीएमसीसी निर्देशक समितिको बैठकले नेपालमा कोभिडको पछिल्लो अवस्थाको विषयमा जानकारी लिएको छ भने आगामी चालिनुपर्ने रणनीतिबारे छलफल समेत गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री न...