मन्त्रिपरिषद् बैठक: संसद्‌ अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको छ । संसद्को कार्यकाल कहिलेसम्म हुने भन्ने अन्योलकै बीच शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि संसद्को ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।