काठमाडौं : सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ।बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो।कार्यक्रममा बोल्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैका प्रेरणा स्रोत रहेको बताए। उनले धर्ती रहुन्जेल नेपाल र नेपाली रहने र नेपाली रहुन्जेल राष्ट्रकविको संस्मरण भइरहने उल्लेख गरे।मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताज