झापामा माधव नेपाल समूहको समानान्तर कमिटी

माधव नेपाल समूहले आज झापाको बिर्तामोडमा कार्यकर्ता भेला गरेर वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।  समितिको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल, सहसचिवमा मणि भण्डारीलाई चयन गरिएको छ ।  सो भेलामा नेपाललगायतका नेताहरुको सहभागिता रहेको थियो ।