बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई आज सर्वोच्च अदालत प्रवेश गर्न नदिने

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई शुक्रबार सर्वोच्च अदालत प्रवेश गर्न नदिने भएको छ । प्रधानन्यायाधीश जबरालाई  सर्वोच्च अदालत प्रवेश गर्न नदिने बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले रातोपाटीलाई जानकारी दिए । त्यसका लागि आज विहान ९ः३० बजे कानून व्यवसायीहरु बारमा भेला हुने उनले बताए ।बारमा सबै भेला भइसकेपछि सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने उनको भनाइ छ । यता सर्वोच्च अदालतले कानून व्यवसायीहरुलाई धर्नास्थल न

सम्बन्धित सामग्री

जबरा फर्किन लागेको चर्चापछि सर्वोच्च अदालत परिसरमा प्रहरीको बाक्लो उपस्थिति

काठमाण्डाै - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्कनसक्ने चर्चापछि सर्वोच्च अदालत परिसरमा प्रहरीको उपस्थिति बढाइएको छ । सर्वोच्च परिसरमा अघिल्ला दिनहरुको तुलनामा आज प्रहरीको सङ्ख्या धेरै छ । प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएको व्याख्यासहित जबरा सर्वोच्च अदालत फर्किन सक्ने अनुमान गरिएको छ । तर नेपाल बारका पदाधिकारी तथा वकिलहरुले जबरा आउन खोजेमा प्रवेश गर्न नदिने  बताएका छन् । गएको फागुन १ गते सत्ता गठबन्धनका ९७ जना सांसदले २१ बुँदे आरोपसहित महाअभियोग लगाएपछि...

सर्वोच्च अदालत अगाडि सुरक्षा सतर्कता बढाइयो

२ असोज, काठमाडौं । महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च अदालतको मूल गेटमा अघिल्ला दिनको तुलनामा प्रहरीहरुको तैनाथी बढाइएको छ । प्रधानन्यायाधीश जबराले आफू माथिको महाअभियोगको कारबाही टुंगो नलाग्दै नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको भन्ने अपुष्ट समाचार […]

सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको छ : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ- कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताएका छन् । उनले अब सेवाग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाइ नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताएका हुन् । आज जिल्ला अदालत बझाङको भवन उद्घाटन कार्यक्रममा उनले न्यायमा ढिलाइ भए जनतास्तरमा गलत सन्देश जाने बताए । “अदालतमा एक दुई जना सेवाग्राही आउनुभएको हुन्छ”, उनले […]

सर्वोच्च अदालत परिसरमा आज पनि बारको विरोध प्रदर्शन

नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेको छ । बुधबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाए । उनले प्रमुख राजनीतिक दलहरूलाई भेट्दा पनि सबैले उनको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायाधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताए । अध

कानून व्यवसायीहरुद्वारा आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन

काठमाडौँ– नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ। बुधबार पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाए। उनले प्रमुख राजनीतिक दलहरुलाई भेट्दा पनि सबैले उनको […]

सर्वोच्च अदालत नियमावली मुद्रण विभाग पुग्यो

काठमाडौं, ६ मंसिर । गोलाप्रथा लागु गर्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन भएर  राजपत्रमा प्रकाशनको लागि मुद्रण विभागमा पुगेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध कानुन व्यवसायीहरुको लगातार एक महिनाको आन्दोलन पछि सर्वोच्च अदालत नियमावली संशोधन गर्ने फुलकोर्टबाट सहमति भएको थियो । अहिले राजपत्र छापिने क्रममा रहेको मुद्रण विभागले जनाएको छ । कानुन व्यवसायीहरुले पेशी व्यवस्थापनको […]

धर्ना छल्दै प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश

काठमाण्डाै - आन्दोलनरत कानुन व्यवसायीको धर्ना छल्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत प्रवेश गर्नु भएको छ । महान्यायाधिवक्ता कार्यालय नजिकको गेटबाट उहाँ सर्वोच्च प्रवेश गर्नु भएको हो । उहाँलाई आज सर्वोच्चमा प्रवेश गर्न नदिने भन्दै कानुन व्यवसायीहरुले बिहान १० बजेदेखि नै मूल गेटमा धर्ना दिएका थिए । तर  धर्ना छल्दै प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्नु भएको हो । सर्वोच्च आसपासमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि बिहान कानुन व्यवसायीको विरोध प्रदर्शनमा झडप समेत भएको थियो । सर्वोच्च अदा...

बारको अवरोधको बीच प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश गरे

काठमाडौं, २६ कार्तिक । नेपाल बार एशोसिएशनको अवरोधका बावजुद पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्नुअघि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । प्रधानन्यायाधीश जबरालाई बारले कार्यालय प्रवेश गर्न नदिने भनेको थियो । बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन जारी राखेको छ । हिजो बारको आन्दोलनमा […]

सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा

काठमाण्डाै - सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने तयारी गरे पछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको हो । महान्यायाधिवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एसाेसिएशनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आउजाउ गर्ने भित्री ढोका बन्द गरिएको छ । सर्वोच्चको वरिपरि सुरक्षाकर्मी खटिएका छन् ।  हिजो प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरे पछि नेपाल  बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाउने ...

सर्वोच्च अदालत किन भयो एकाएक तनावपूर्ण ?

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा कोणसभा गर्न खोज्दा बिहीबार स्थिति तनावग्रस्त बन्यो । प्रहरीले हस्तक्षेप गरेर लाठीचार्ज गर्दा केही कानुन व्यवसायी सामान्य घाइते पनि भएका छन्