१९ दिनपछि पूर्वराजा अस्पतालबाट डिस्चार्ज, पूर्वरानीको उपचार जारी

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई आज डिस्चार्ज भएका छन् । उनी  राति ८ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन् । कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा शाह पूर्वरानी कोमल  र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै  भर्ना भएका थिए ।अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो । लगातारको उपचारपछि उनको स्वास्थ्य ठीक भएको अस्पतालले जनाएको छ । कोरोनाका लक्षणहरु हराएपछि उनको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आ

सम्बन्धित सामग्री

पूर्वराजा अस्पतालबाट डिस्चार्ज

कोरोना संक्रमित भएर काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार कोरोनामुक्त भएर साँझ डिस्चार्ज भएका छन् । अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पूर्वरानी कोमल शाह भने अझै अस्पतालमै छन् ।