प्रदेश १ : शपथग्रहणमा नजाने माओवादी केन्द्रको निर्णय

विराटनगर : नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलले प्रदेश १ का नवनियुक्त मुख्यमन्त्रीको शपथमा नजाने निर्णय गरेको छ।संसद सचिवालय विराटनगरमा भर्खरै सम्पन्न बैठकले यस्तो निर्णय गरेको  हो।माओवादी सांसद गणेश उप्रेतीले नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथग्रहणमा समेत नजाने  निर्णय भएको  जानकारी दिए।प्रदेश सरकारको नेतृत्वमा आलोपालोको निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताउँदै उनले यो  विषयमा पार्टीको केन्द्रलाई जानकारी पठाउने दलले निर्णय गरेक

सम्बन्धित सामग्री

प्रदेश-१ सरकारमा सहभागी नहुने माओवादी केन्द्रको निर्णय

२५ पुस, विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले तत्काल प्रदेश-१  सरकारमा सहभागी नहुने निर्णय गरेको छ । सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले केन्द्रको निर्णय नसच्चिएसम्म सरकारमा नजाने निर्णय गरेको हो । माओवादी केन्द्रका सांसद गणेश उप्रेतीका अनुसार बैठकले आलोपालोको ग्यारेन्टी गरे मात्र सरकारमा जाने निर्णय भएको छ ।