संसदले जारी गर्‍यो प्रधानन्यायाधीश राणा निलम्बनको सूचना, राष्ट्रपतिसहित ६ जनालाई पठाइयो जानकारी

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि १०१ सांसदहरुले प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेपछि संसद सचिवालयले उनी निलम्बन भएको सूचना प्रकाशित गरेको छ। प्रधानन्यायाधीश राणा निलम्बित भएको सूचना संसद सचिवालयले राष्ट्रपति कार्यालयसहित ६ ठाउँमा पठाएको छ। राष्ट्रपति कार्यालयसहित संवैधानिक आयोग, न्याया परिषद्, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत र प्रधानन्यायाधीश राणालाई उनी निलम्बित भएको सूचना पठाएको हो। नेपालको संविधानको धारा […]

सम्बन्धित सामग्री

सर्वोच्च अदालतबाट बाहिरिए निलम्बित प्रधानन्यायाधीश राणा

काठमाडौँ- सत्तारुढ गठबन्धनका प्रमुख तीन घटक नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका १०१ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा आइतबार दिउँसो सर्वोच्च अदालतबाट बाहिरिएका छन्। उनी दिउँसो १ बजेपछि झण्डाबिनाको गाडी लिएर अदालत परिसरबाट बाहिरिएको सुरक्षाकर्मीले जानकारी दिएका छन्। यसअघि संसद सचिवालयले उनीमाथि लागेको महाअभियोगको कारबाही टुंगो नलागेसम्म उनीले आफ्ना […]

प्रधानन्यायाधीश राणा निलम्बित, अबको प्रक्रिया के ?

नेपालको संविधानको दफा १०१ को उपधारा ६ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि प्रधानन्यायायाधीश आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने उल्लेख छ । राणा स्वत: निलम्बनमा परेपनि कार्यान्वयनका लागि संसद सचिवालयले सर्वोच्च अदालत प्रशासनलाई महाअभियोग दर्ताको जानकारी गराउनुपर्ने हुन्छ ।

प्रधानन्यायाधीश राणाविरुद्ध सत्ता गठबन्धनकै सांसदबाट महाभियोग दर्ता

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ। सत्ता गठबन्धनकै सांसदहरुले प्रधानन्यायाधीश राणा विरुद्ध महाभियोग दर्ता गरिएको हो।  ९८ सांसदले हस्ताक्षरसहित बिहान ११ बजेर १० मिनेटमा महाभियोग दर्ता भएको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। महाभियोग पुष्पा भुसाल, देव गुरुङ, जीवनराम श्रेष्ठको प्रस्तावमा महाभियोग दर्ता भएको हो। महाभियोगमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदको हस्ताक्षर छ।

प्रधानन्यायाधीश राणा अस्पतालबाट डिस्चार्ज

काठमाडौँ – चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसबाट संक्रमित भइ नेपाल एपीएफ अस्पतालमा मंसिर १३ गते भर्ना भएका थिए । अस्पतालले शुक्रबार वक्तव्य जारी गरेर राणालाई बिहान साढे ९ बजे डिस्चार्ज गरिएको जानकारी दिएको हो । यसअघि प्रधानन्यायाधीश राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार शुक्रबारदेखि आफू नै […]

प्रधानन्यायाधीश राणा शुक्रबार डिस्चार्ज हुँदै, घरबाटै कामकाज गर्ने

काठमाडौं, मंसिर १६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने भएपछि सर्वोच्चमा कायम मुकायम प्रधानन्यायाधीशको विवाद तत्काललाई टुङ्गीएको छ । प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुको छलफलमा शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने र घरबाटै प्रशासनिक काम गर्ने जानकारी गराएपछि कामु प्रधानन्यायाधीशको विवाद तत्काल अन्त्य भएको हो । राणा कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएपछि कायम मुकायम प्रधानन्यायाधीश […]

गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश राणा सहमत, सोमवार 'फुल कोर्ट' बैठक

काठमाण्डाै – सर्वोच्च अदालतको दैनिक पेसी गोलाप्रथाका आधारमा तोक्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहमत हुनुभएको छ ।  सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच आज आइतवार भएको छलफलमा जबराले भाेलि सोमवार अदालतको 'फुल कोर्ट' बैठक बोलाउने सहमति जनाउनुभएको हो । भाेलि 'फुल कोर्ट' को बैठक बसेपछि पर्सि मङ्गलवारदेखि नमुना गोलाप्रथा सुरु गर्ने सहमति जुटेको भेटमा सहभागी नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।  नेपाल बार र सर्वोच्च अदालतबीच विवाद बढ्दै गएपछि...

प्रधानन्यायाधीश राणा भेट्दै बारका केन्द्रीय पदाधिकारी

काठमाडौँ – विवादास्पद बनेको न्यायपालिका सुधारका सम्बन्धमा नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेटवार्ता गर्ने भएको छ। एसोसियसनले आइतबार प्रधान्यायाधीश राणालाई भेटेर न्यायपालिकामा देखिएको विसंगति सुधार गरी न्यायपालिकाको समग्र सुधारका सम्बन्धमा छलफल गरिने अध्यक्ष चन्डेश्वर श्रेष्ठले जानकारी दिएका छन्। बार अध्यक्ष वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, ‘हामीले प्रधानन्यायाधीशज्यूसँग समय लिइसकेका छौँ। बिहान साढे १० बजेपछि छलफल […]

विवादको केन्द्रमा प्रधानन्यायाधीश राणा, राजीनामा माग

काठमाडौँ – प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले मन्त्रिपरिषदमा भागबण्डा खोजेको आरोपसहित समाचार बाहिरिएपछि उनी विवादको भुमरीमा परेका छन्। राणाको उक्त कमदको विरोध गर्दै सर्वोच्चभित्रै र बाहिरबाट उनले राजीनामा दिनुपर्ने आवाज उठेको छ। सर्वोच्चका न्यायाधीशहरु समेत राणासँग जोडिएर आएको उक्त समाचारप्रति चिन्ता जनाउँदै छटपटिएका छन्। एक न्यायाधीशका अनुसार अनौपचारिक रुपमा राणालाई भेटेर समाचारको सत्यताबारे जानकारी माग्ने र […]

प्रधानन्यायाधीश राणा बिरामी, संवैधानिक इजलास स्थगित

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ । स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरामी परेको भन्दै आजको संवैधानिक इजलास स्थगित भएको हो। प्रधानन्यायाधीश राणाले आफू बिरामी भएको जानकारी गराएपछि आज बस्ने भनिएको संवैधानिक इजलास बस्न नसकेको सर्वोच्चका एक अधिकारीले जानकारी दिए ।