ओली सरकारले कमजोर मुद्दा लगाउँदा गच्छदार छुटे : बिडारी

काठमाडौं : राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले केपी ओली नेतृत्वको सरकारले कमजोर मुद्दा लगाउँदा बिजय गच्छदार जेलमुक्त भएको आरोप लगाएका छन्। राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै बिडारीले अहिलेको सरकार आउनासाथ गच्छदार छुटेको भनी प्रतिपक्षी नेकपा एमालेले गरिरहेको टिप्पणीप्रति यस्तो आक्रोश पोखेका हुन्। ‘ओलीजीले राम्रोसँग मुद्दा नलगाइदिएर फुत्किन सक्नेगरी महन्थ ठाकुरसँग जस्तै टाकटुक कुरा मिलाएर अगतिलो मुद्दा हाल्दिएछन्, पक्राउ गरेनछन्। डेढ वर्षसम्म भात खुवाएर नेपालमै घुमाएर राखेछन्