बजेट संशोधनको तयारीमा अर्थमन्त्री : नयाँ बजेट बनाउन अर्थमन्त्रीले भित्र्याए अर्थका क्याडर

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेटको आकार घटाउने तयारी थालेका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको चुनावलक्षित बजेट पूर्णरूपमा कार्यान्वयनमा जान नसक्ने निष्कर्ष निकाल्दै त्यसलाई संशोधन गर्ने तयारीमा पौडेल लागेका हुन् । अर्थ मन्त्रालयले छिट्टै चालू आवको बजेटको अर्धवार्षिक समीक्षा गर्दै छ । माघभित्रै अर्धवार्षिक समीक्षा हुने र सोही बेला बजेट संशोधनको तयारी भएको अर्थमन्त्री निकट स्रोतले बतायो । ‘विगतमा पनि बजेटको आकारदेखि लक्ष्यसम्म पुनरवलोकन गरिएको थियो, अहिले पनि घटाइँदै छ,’ स्रोतले भन्यो । यस आवको मङ्सिरमा चुनाव थियो । चुनावका कारण चालू बजेट अधिकतम खर्च भए पनि विकास बजेट खर्च हुन सकेको छैन । सरकारले ल्याएको पूँजीगततर्फको बजेटमध्ये अहिलेसम्म १६ दशमलव १३ प्रतिशत मात्रै खर्च भएको छ । त्यसो त आगामी वर्षको बजेटसमेत अहिलेको भन्दा कम आकारको ल्याउन सरकारलाई योजना आयोगले सिफारिश गरेको छ । सोहीअनुसार अधिकारीहरूले बजेट बनाउन थालिसकेका छन् । आगामी बजेट घट्ने अर्थमन्त्री पौडेलले समेत बताएका छन् । बुधवार राजधानीमा भएको एक कार्यक्रममा मन्त्री पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास नदोहोर्‍याउने बताए । ‘ठूलो आकारको बजेट ल्याउने विगतको अभ्यास छ । तर, हामी त्यस्तो पक्षमा छैनौं । अर्थतन्त्रको संरचनागत परिवर्तन गर्नेमा हाम्रो जोड रहनेछ,’ उनले भनेका छन् ।   विगतदेखि नै बजेट ठूलो आकारको ल्याउने तर कार्यान्वयन कमजोर हुँदा सरकारी अधिकारीको क्षमतामा प्रश्न उठाउने गरिएको छ । मध्यकालीन खर्च संरचनाअनुसार आगामी वर्ष १९ खर्बको बजेट सरकारले ल्याउनुपर्ने हो तर त्यसअनुसार बजेट बनाउन राष्ट्रिय योजना आयोगले अनुमति दिएको छैन । योजना आयोगले १५–१६ खर्बको बजेट ल्याउन भनेको छ । अर्थमन्त्री पौडेलले चालू बजेटको समीक्षा र आगामी बजेटको निर्माणमा लाग्न अर्थमा कोर टीम बनाइरहेका छन् । हालैको मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर पौडेलले अर्थ मन्त्रालयमा ६ जना सहसचिव ल्याएका छन् । अर्थमा लामो अनुभव नभएका अधिकारीहरूलाई अन्त पठाएर पौडेलले अर्थकै अनुभवी क्याडरलाई ल्याएका छन् । अर्थमन्त्री पौडेलको पहलमा बजेट निर्माणमा दखल राख्ने धनीराम शर्मालाई राष्ट्रिय योजना आयोगबाट, वैदेशिक महाशाखामा दखल राख्ने श्रीकृष्ण नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट, झक्कप्रसाद आचार्य र रमेश अर्याललाई श्रम तथा रोजगार मन्त्रालयबाट, सेवन्तक पोखरेललाई सूचना तथा सञ्चार मन्त्रालयबाट र रामप्रसाद आचार्यलाई गण्डकी प्रदेशबाट सरुवा गराएर ल्याएका छन् । शर्मा, आचार्य र नेपालसँग यसअघि पनि अर्थ मन्त्रालयमा सहसचिवका रूपमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग काम गरेको अनुभव छ । उपसचिव हुँदा अर्याल अर्थमन्त्री पौडेलका निजी सचिव थिए । पोखरेल राजस्व समूहका उपसचिव थिए । रामप्रसाद आचार्य पनि राजस्व समूहमा काम गरेका कर्मचारी हुन् । राजस्व व्यवस्थापन महाशाखाका प्रमुख भूपाल बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बाबुराम सुवेदीलाई योजना आयोग पठाइएको छ । अर्थको प्रशासन महाशाखा प्रमुख केदार शर्मा गृह मन्त्रालय र वित्तीय व्यवस्थापन महाशाखाका रमेश केसी स्वास्थ्य मन्त्रालय पुगेका छन् । त्यसैगरी भन्सार विभागका उपमहानिर्देशक यज्ञ कोइरालालाई उद्योग मन्त्रालय र सहमहालेखा नियन्त्रक जितेन्द्र बस्नेतलाई गृह मन्त्रालय पठाइएको छ ।

सम्बन्धित सामग्री

सन्तुलित बजेट ल्याउँछौँ: अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सन्तुलित ढङ्गले आगामी आर्थिक वर्षको बजेट ल्याइने बताएका छन्।

यस्तो देखियो अर्थमन्त्री महतको बजेट भाषण (तस्वीरहरु)

काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका छन् । संघीय संसद भवन, बानेश्वरमा जारी संघीय संसदको बैठकमा अर्थमन्त्री महतले बजेट प्रस्तुत गरेका हुन् । प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुसार उनले बजेट प्रस्तुत गरेका हुन् ।

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

बजेट निर्माणमा सर्वाधिक विवादमा आएका अर्थमन्त्री जनार्दन शर्माको पुँजीगत (विकास) बजेट खर्चको उपलब्धि पनि कमजोर देखिएको छ।...

बजेट सन्तुलित र संयमित : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा अनुशासन र संयमता अपनाएको दाबी गरेका छन् । शुक्रबार बजेटमाथिको छलफलमा संसद्हरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले निर्वाचनलाई प्रभाव पार्ने गरी बजेट...

यो चुनावी बजेट होइन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट चुनावी बजेट हुँदै नभएको जिकिर गरेका छन् । विपक्षीहरुले तथा राम्रो कामको कदर गर्न नसक्नेहरुले चुनावी बजेट भनेर प्रचार गरेपनि बजेट चुनावी नभएर अहिलेको वास्तविकता सम्बोधन गर्ने खालको भएको शर्माले बताए । ‘कृषि उत्पादनलाई प्राथमिकता दिने कुरा, कृषकको पेन्सनको व्यवस्था गर्ने कुरा कसरी चुनावी हुनसक्छ रु’ प्रतिप्रश्न गर्दै अर्थमन्त्री शर्माले भने, ‘यो अहिलेको आवश्यकता होइन रु’ यस्तै, उद्योग, कलकारखानाको विकास, रोजगारीको सिर्जना, गरिब,

अर्थमन्त्री शर्माद्वारा बजेट वाचन सुरु

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले उनलाई बजेट प्रस्तुत गर्न अनुमति दिएका थिए । अर्थमन्त्रीले राजनीतिक परिवर्तनका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै अर्थमन्त्री शर्माले बजेट वाचन गर्न सुरु गरेका हुन् ।

अर्थमन्त्री शर्माले बजेट वाचन गर्दै

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेका छन्।...

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्मा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य सुरु गरेका छन्। अहिले अर्थमन्त्री शर्माले आमागी आर्थिक वर्ष २०७९/८० का लागि संसदमा बजेट प्रस्तुत गरिरहेका छन्।

हामी बजेट कार्यान्वयन गरेर देखाउँछौँ: अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनका लागि आएको बताएका छन्। अर्थमन्त्री पौडेलले भने, ‘बजेटको विषयमा धेरै प्रतिक्रिया सकारात्मक आएका छन्। यसले मलाई उत्साहित बनाएको छ । कतिपयले कार्यान्वयन हुन नसक्ने भनेर भनेको पनि सुनेको छु। यो विषयमा म प्रष्ट भन्न चाहन्छु बजेट सुनाउनका लागि होइन कार्यान्वयनका लागि ल्याइएको हो।’ पौडेलले बजेट कार्यान्वयन गरेर देखाउनेसमेत […]

दोस्रोपटक बजेट ल्याउँदै अर्थमन्त्री पौडेल

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछन्। तेस्रोपटक अर्थमन्त्री बनेका पौडेलले दोस्रो पटक बजेट ल्याउन लागेका हुन्। यसअघि उनले आर्थिक वर्ष २०७३/७४ को जेठ १५ मा पहिलो बजेट ल्याएका थिए। यद्यपि,उनको दोस्रो बजेट भाषण भने अध्यादेशमार्फत आउँदैछ।