धनगढी उपमहानगरमा आजदेखि सुर्ती र प्लास्टिक निषेध

काठमाण्डाै - कैलालीको धनगढी उपमहानगरपालिकाले धनगढी बजारसहित नगर क्षेत्रमा सुर्ती र प्लास्टिक बिक्री, वितरणमा रोक लगाएको छ। चालु आर्थिक वर्षलाई ‘सरसफाइ वर्ष’ का रूपमा मनाउन लागेको धनगढी उपमहानगरले आजदेखि सुर्तीजन्य वस्तु र प्लास्टिक निषेध गरेको हो। बजारमा उपभोग भएका सुर्ती, खैनी, जर्दा पान, पानपराग, गुट्खा, प्लास्टिकका वस्तु गिलास, कप, प्लेट, झोला नगर क्षेत्रको समस्याका रूपमा देखिएकाले यस्ता वस्तुलाई विस्थापित गर्न निषेध गरिएको धनगढी उपमहानगरपालिकाले  निकालेको सूचनामा उल्लेख छ । धनग...

सम्बन्धित सामग्री

सुर्तीजन्य पदार्थ प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने

काठमाडौँ।  सुर्तीजन्य पदार्थ अब प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ । सरकारले अन्तःशुल्क नियमावलीमा २४ औँ संशोधनमार्फत यस्तो नियम ल्याएको हो । आन्तरिक राजस्व विभागका अनुसार यो नियम १ वैशाख २०८१ देखि लागू हुनेछ । सो अवधिसम्म यस्तो वस्तु उत्पादन गर्ने प्रतिष्ठानहरुले प्लास्टिक विस्थापित गरिसक्नुपर्ने भएको छ । नियमावलीमा संशोधन गर्दै भनिएको छ, ‘सुर्ती, […]

सरकारी अस्पतालमा शौचालयको कन्तविजोग

कुनै पनि सङ्क्रमण र रोग फैलन नदिन अस्पतालका शौचालय सबैभन्दा व्यवस्थित हुनुपर्छ । तर उपत्यकाका सरकारी अस्पतालमा गएर शौच गर्न जाने नै निराश हुन्छन् । कतिपय सरकारी अस्पताल यति दुर्गन्धित र फोहोर हुन्छन्, त्यहाँ जाँदा नाक थुन्नुपर्छ । शौचालयमा कतै पानी छैन, कतै चुकुल छैन, बत्तीको व्यवस्था छैन । कतिपय अस्पतालका शौचालयमा प्लास्टिक, पानीका बोतल, खैनी, सुर्ती र चुरोटका खोल र अन्य फोहोरले भरिएका छन् । अस्पतालको शौचालयभित्र पस्दा शौच होइन, वान्ता आउने खालका छन् । अस्पताल आउने सेवाग्राही भन्छन्, ‘‘शौचालय त कन्तविजोगै देखियो ।’’