काठमाडौं । नेपालका विकास भट्टले रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन् । विकासले आफ्नै नाममा रहेको तीनै कीर्तिमानमा सुधार गरेका हुन् । […]