शुक्लाफाँटामा बाघ सर्वेक्षण सुरु

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनका लागि सर्वेक्षण कार्य सुरु गरिएको हो । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा क्षेत्र, त्यसैगरी लालझाडी र जोगबुढा क्षेत्रमा बाघ सर्वेक्षण कार्य थालनी भएको छ ।निकुञ्ज कार्यालयका अनुसार उक्त क्षेत्रलाई बाघ सर्वेक्षणको लागि २ किलो मिटर लम्बाइ तथा २ किलोमिटर चौडाइ भएका २ सय ६० वडा ग्रीडहरुमा विभाजन गरिएको छ । निकुञ्जका प्रमुख संरक्

सम्बन्धित सामग्री

शुक्लाफाँटामा बाघ सर्वेक्षण सुरु

काठमाडौँ – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण सुरु गरिएको छ। निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउन सर्वेक्षण सुरु गरिएको हो। राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा क्षेत्र, त्यसैगरी लालझाडी र जोगबुढा क्षेत्रमा बाघ सर्वेक्षण थालनी भएको छ। निकुञ्ज कार्यालयका अनुसार उक्त क्षेत्रलाई बाघ सर्वेक्षणका लागि २ किमि लम्बाइ तथा २ […]

शुक्लाफाँटामा बाघ सर्वेक्षण

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनका लागि सर्वेक्षण कार्य सुरु गरिएको हो । राष्ट्रिय बाघ सर्वेक्षण–२०७८ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा क्षेत्र, लालझाडी र जोगबुढा क्षेत्रमा बाघ सर्वेक्षण कार्यको थालनी गरिएको छ । निकुञ्ज कार्यालयका अनुसार उक्त...

बाघ सर्वेक्षणमा प्रयोग भएका क्यामरा चोरी !

नवलपुर – राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्यापिङ क्यामरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा गएकाे मङ्सिर १९ गतेदेखि सुरु भएको राष्ट्रिय बाघ सर्वेक्षण २०७८ का लागि विभिन्न ठाउँमा राखिएका पाँच वटा क्यामरा चोरी भएका हुन् । बाघ सर्वेक्षणका लागि राखिएको क्यामरामध्ये नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा चार तथा चितवनमा एउटा क्यामरा चोरी भएको निकुञ्जले जनाएको छ । आज बुधवार पत्रका...

बर्दिया–बाँके कम्प्लेक्समा आजदेखि बाघ गणना सुरु

काठमाण्डाै – बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा आजदेखि क्यामेरा ट्र्यापिङ्ग प्रविधिबाट बाघ गणना सुरु हुने भएको छ । बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बाघ गणनामा खटिनेका लागि दुई दिनको विशेष तालिम दिइसकिएको जानकारी दिनुभयो । राष्ट्रिय बाघ सर्वेक्षण अभियान अन्तर्गत देशैभरिका निकुञ्ज तथा आसपासका क्षेत्रमा रहेका बाघको यकिन संख्या पत्ता लगाउने उद्देश्यले बाघ गणना सुरु भएको छ । गएको १९ गतेदेखि चितवन–पर्सा कम्प्लेक्समा बाघ गणना सुरु भइसकेको र त्यहा...

चितवनबाट बाघ गणना २०२२ सुुरु

राष्ट्रिय बाघ गणना २०२२ चितवनबाट सुुरु भएको छ । चितवनको सौराहामा एक कार्यक्रमबीच वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले बाघ गणनाका लागि जडान हुने क्यामरा अन गरेर राष्ट्रिय बाघ सर्वेक्षण २०२२ सुरु गरेका छन् । बाघ सर्वेक्षण उद्घाटन गर्दै मन्त्री यादवले सन् २०२२ भित्र नेपालमा बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता सहजै पूरा हुने बताए । […]

चितवनबाट बाघ गणना सुरु

चितवन– चितवनबाट आइतबार बाघ सर्वेक्षण सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट बाघ सर्वेक्षण सुरु गरिएको हो । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले सौराहामा क्यामेरा स्वीच अन गरेर सर्वेक्षणको उद्घाटन गरे । बाघ सर्वेक्षणका लागि करिब एक हजार वटा स्वचालित क्यामरा प्रयोग गरिने छ । चितवन–पर्सा कम्प्लेक्समा मात्रै करिब आठ सय वटा क्यामरा […]

बाघ संरक्षणको मुख्य चुनौती चोरी शिकार : मन्त्री यादव

वन तथा वातावरणमन्त्री रामसाहयप्रसाद यादवले चोरी शिकारीका कारण बाघ संरक्षणमा चुनौती थपिएको बताउनुभएको छ । राष्ट्रिय बाघ सर्वेक्षण, २०७८ को आज यहाँ उद्घाटन गर्दै उहाँले बाघको बासस्थानमा सङ्कुचन, आहारा प्रजातिको कमि, हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी मुख्य चुनौतीको रुपमा रहेको उल्लेख गर्नुभयो । हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी र अन्तरदेशीय व्यापार …

आइतबारदेखि बाघ सर्वेक्षण सुरु

चितवन, मंसिर १९ । आइतबारदेखि राष्ट्रिय बाघ सर्वेक्षण २०७८ सुरु भएको छ । प्रत्येक चार देखि पाँच वर्षमा हुने सर्वेक्षणको वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले सौराहाको एक कार्यक्रमकाबीच सुरु गर्नुभएको हो । बाघ गणनाका लागि प्रयोग गरिने क्यामेरा ट्रयापको स्वीच अन गरेर अभियानको सुरु गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकारले बाघ […]

राष्ट्रिय बाघ सर्वेक्षण : बाघको संख्या दोब्बर बनाउन चुनौती

नवलपुर : मंसिर १९ मा सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणमा ९ सय क्यामेरा र सय जना गणक परिचालन हुने भएका छन्।बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ। निकुञ्जले चितवन–पर्सा कम्प्लेक्सको गणनामा क्यामेरा र गणक परिचालन गर्ने भएको हो।निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार देशभर बाघ पाइने निकुञ्जलाई ३ कम्प्लेक्समा विभाजन गरी गणना अघि बढाइने छ।पहिलो कम्प्लेक्समा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा २० दिनमा गणना सक्ने जानकारी उनले