ओली र नेपालबीच आज पनि छलफल हुँदै, नेपाल परामर्शमा

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरूप नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीवार पनि छलफल हुँदैछ ।  भेट होटल मेरियटमा दिउँसो २ बजेका लागि तय भएको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले जानकारी दिए । लामो संवादहीनता तोड्दै अध्यक्ष ओली र नेता नेपालबीच बुधवार झण्डै दुई घण्टा छलफल भएको थियो । बुधवारको छलफललाई ‘आइसब्रेक’को संज्ञा दिएका एमालेका दोस्रो तहका नेताहरू बिहीवारको छलफलले कुनै निकास दिने विश्वासमा छन् ।  ओलीसँग बुधव...