प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा शीतल निवासकाे चहलपहल (तस्बिर)

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात वटा दलको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको छ ।अध्यक्ष प्रचण्डले राष्ट्रपति कार्यालय शीतल निवास पुगेर दाबी पेस गर्नुभएको हो । दाबी पेस गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले, माओवादी, रास्वपा, जसपाका शीर्ष नेताहरू लिएर प्रचण्ड शीतल निवास पुग्नुभएको हो । तस्बिर : ओलीकाे सचिवालय