नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ नै आएर कस्सिएपछि भरतपुरको विद्युत् संकटको अस्थायी व्यवस्थापन भएको छ । भरतपुरमा मंगलबार दिउँसो एक बजेदेखि बन्द भएको बिजुली ३६ घण्टापछि गए राति एक बजे बलेको थियो । तिहारका बेला दीपावलीसमेत गर्न नपाउने गरेर अन्धकार हुने अवस्था आउने भएपछि प्राधिकरणले बत्ती मात्रै बाल्न मिल्ने गरेर अस्थायी व्यवस्थापन गरेको छ ।