त्रिविको प्रश्नपत्र हुबहु निकाल्नेलाई ३ वर्षसम्म परीक्षाको काम नदिइने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले विभिन्न विषय परीक्षाको लागि हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कुनै पनि परीक्षामा संलग्न नहुने गरी कारबाही गरेको छ। त्रिविले ती व्यक्तिले प्राज्ञिक मूल्य र मान्यताविपरीत गई कार्य गरको भन्दै कारबाही गरेको हो।त्रिविले जारी गरेको प्रेस विज्ञप्तिमा मौलिक रुपमा प्रश्नपत्र तयार गरी विद्यार्थीहरुको परीक्षा लिनुपर्नेमा शंकरदेव क्याम्पसमा अध्ययनरत आंशिक शिक्षकले क्याम्पसको यसै शैक्षिक सत्रको प्रि-बोर्डमा बजारमा प्राप्त पाठ्यपुस्तकबाट हुबहु प्रश्न