कबड्डी सुपर लिगमा आर्मी र पुलिस च्याम्पियन

२५ फागुन, काठमाडौं । नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवले कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल कबड्डी संघको आयोजनामा शुक्रवार सम्पन्न प्रतियोगितामा पुलिसले महिलातर्फ र आर्मीले पुरुषतर्फ कबड्डी लिगको उपाधि जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई ४०–१३ […]