काठमाण्डाै – यही असाेज २३ गते आइतवार हुने मनाेनयन दर्ताका क्रममा उम्मेदवारले १८ बुँदे स्वघाेषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने भएकाे छ । निर्वाचन आयाेगले आज शुक्रवार विज्ञप्ति निकालेर मङ्सिर ४ गते हुने चुनावका लागि उम्मेदवारले मनाेनयनपत्रसँगै स्वघाेषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने जनाएकाे छ ।
आयाेगका अनुसार उम्मेदवारले आफू नेपालकाे संविधानप्रति पूर्ण निष्ठावान् रहेको, २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको स्वघाेषणा गर्नुपर्ने छ । उम्मेदवार कुनै सङ्घीय कानुनले अयोग्य नभएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविध...