जनयुद्ध दिवसमा सहिद परिवारलाई कम्प्युटर प्रदान

वीरगञ्ज – जनयुद्ध दिवसको अवसरमा वीरगञ्ज महानगरपालिकाका एक सहिद परिवारलाई आइतबार एक थान कम्प्युटर प्रदान गरिएको छ। वीरगञ्ज महानगरपालिका–३० लालपर्सा टोल निवासी सहिद राजेश मण्डलको परिवारलाई एक थान ल्यापटप प्रदान गरिएको हो। नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारीले मण्डलकी पत्नी ललिता देवीलाई इन्टरनेटको लाइनसहित एक थान कम्प्युटर प्रदान गरेका हुन्। मण्डलका चार जना […]