भक्तराज आचार्यलाई पद्मश्री साधना सम्मान

काठमाडौं : भजन शिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्य पद्मश्री साधना सम्मानबाट सम्मानित भएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा आचार्यलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो।त्यस्तै यो वर्षको पद्मश्री साहित्य पुरस्कार गत वर्ष प्रकाशित केशव दाहालको उपन्यास 'मोक्षभूमि'लाई प्रदान गरिएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०६३ देखि हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ। गत वर्ष पद्मश्री साहित्य पुरस्कार सञ्जीव

सम्बन्धित सामग्री

विन्ध्यवासिनी संगीत साधना सम्मान गायिका गुरुङलाई

काठमाडौँ– विन्ध्यवासिनी म्युजिकले यो वर्षको संगीत साधना सम्मान गायिका सुक्मित गुरुङलाई प्रदान गर्ने भएको छ । आगामी २२ वैशाखमा हुने विन्ध्यवासिनी म्युजिक अवार्डको १३औँ संस्करण कार्यक्रममा उनलाई संगीत साधना सम्मानबाट सम्मानित गर्न लागिएको हो । यसअघि विन्ध्यवासिनी संगीत साधना सम्मानबाट भजन शिरोमणि भक्तराज आचार्य, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, संङ्गीतकार शक्ति बल्लभ, गीतकार कृष्णहरि बराल , […]

यस वर्षको पद्मश्री साहित्य पुरस्कार ‘मोक्षभूमि’ र पद्मश्री साधना सम्मान भक्तराज

काठमाडौं । पद्मश्री साधना सम्मान-२०७७ बाट भजन शिरोमणि भक्तराज आचार्य सम्मानित भएका छन् । उनलाई यो सम्मान बुधबार आयोजित एक कार्यक्रमबीच खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले नगद तीन लाख रुपैयाँसहित सम्मानपत्रद्वारा प्रदान गरेकी हुन् । पद्मश्री साहित्य पुरस्कार-२०७७ आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ । उक्त पुरस्कारको राशि पनि तीन लाख रुपैयाँ […]

भजन शिरोमणि आचार्य पद्मश्री साधना सम्मानबाट सम्मानित

काठमाण्डाै - पद्मश्री साधना सम्मान–२०७७ बाट यस वर्ष भजन शिरोमणि भक्तराज आचार्य सम्मानित हुनुभएको छ । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले विशेष समारोहकाबीच नगद तीन लाख रुपैयाँसहित सम्मानपत्रद्वारा भजन शिरोमणि आचार्यलाई सम्मान गर्नु भएकाे हाे। त्यस्तै पद्मश्री साहित्य पुरस्कार–२०७७ बाट यस वर्ष आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ । यो पुरस्कारको राशि पनि तीन लाख रुपैयाँ नै रहेको छ । आख्यानकार दाहालले मोक्षभूमि औपन्यासिक कृति मानव सभ्यतामा मुक्ति चाहनेहरुको सङ्घर्षक...

भक्तराज आचार्य र केशव दाहाल ‘पद्मश्री’द्वारा सम्मानित

काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले एक समारोहकाबीच वरिष्ठ गायक/संगीतकार भक्तराज आचार्यलाई ‘पद्मश्री साधना सम्मान २०७७’ तथा आख्यानकार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’लाई ‘पद्मश्री साहित्य पुरस्कार २०७७’ समर्पण गरेको छ ।  बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले दुवै स्रष्टालाई तीन/तीन लाख नगद राशीसहित ताम्रपत्र प्रदान गरे । आफ्नो मन्तव्यमा...

पद्मश्री साधना सम्मानबाट भजनशिरोमणि आचार्य सम्मानित

पद्मश्री साधना सम्मान–२०७७ बाट यस वर्ष भजन शिरोमणि भक्तराज आचार्य सम्मानित भएका छन् । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले आज विशेष समारोहका बीच नगद रु तीन लाखसहित सम्मानपत्रद्वारा भजन शिरोमणि आचार्यलाई प्रदान गरिन्। भजन शिरोमणि आचार्यले आफूले विसं २०५० मा आफ्नो जिब्रो काटिएपछि धेरै सम्मान प्राप्त गरेको भए पनि हालसम्मकै सबैभन्दा ठूलो धनराशिको सम्मान पाएकामा खुशी व्यक्त गरेको उनका छोरा तथा गायक सत्यराज आचार्यले बताए। त्यस्तै पद्मश्री साहित्य पुरस्कार–२०७७ बाट यस वर्ष आख्यानकार के...

पद्यश्री साधना सम्मान र साहित्य पुरस्कार प्रदान

पद्यश्री साधना सम्मान र पद्यश्री साहित्य पुरस्कार क्रमशः भजनशिरोमणि भक्तराज आचार्य र मोक्षभूमि उपन्यासका लेखक केशव दाहाललाई प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सम्मान र पुरस्कार प्रदान गरेको हो । प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले २०६२ मा स्थापित यस पुरस्कार यात्राले १६ वर्ष पार गरेको सुनाउँदै शक्ति र सत्ता क्षणिक हुने र साहित्य कालजयी हुने बताए ।