कर्णालीका मुख्यमन्त्री शाहीले गरे यातायात कार्यालयमा आकस्मिक निरीक्षण

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात व्यवस्था कार्यालय सुर्खेतको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा मुख्यमन्त्री शाहीले सेवाग्राहीसँग सेवा लिँदा देखिएका समस्या र समाधानको उपायबारे बुझेका थिए । सेवाग्राहीले अनुसूची फारम कार्यालयले भर्न नदिएको, दलालमार्फत अनुसूची फारम भर्दा १५ रुपैयाँ लाग्ने फारामलाई १०० लिने गरेको, पैसा तिर्नका लागि पनि घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो मुख्यमन्त्रीसमक्ष पोखेका थिए । सेवाग्राहीका गुनासा सुनेपश्चात् मुख्यमन्त्री शाहीले अनलाइनमार्फत शुल्क तिर्ने व्यवस्...