बस्ती पसेको पाटेबाघ नियन्त्रणमा

सल्यानको कालिमाटी गाउँपालिका–२ को बाटुले गाउँमा आतंक मच्चाउने पाटे बाघ नियन्त्रणमा लिइएको छ । प्रहरी, सेना र डिभिजन वन कार्यालयको टोलीले बाघलाई बुधबार बिहान नियन्त्रणमा लिएको हो । कालिमाटी गाउँपालिका–२ बाटले गाउँका तुल्सीकुमारी घर्तीको गोठमा बाँधेको गोरु मारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहान ६ बजेतिर उक्त बाघले गोठमा बाँधको दुईवटा गोरु मारेको थियो भने एउटा गोरुलाई घाइते बनाएको थियो ।  घुईबारी प्रहरी चौकीका अनुसार बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्ज सु

सम्बन्धित सामग्री

बस्तीनजिकै देखियो डमरुसहितको पाटेबाघ

टीकापुरको बस्ती नजिकै आफ्नो बच्चासहित पाटेबाघ देखा परेको छ। टीकापुर नगरपालिका वडा नं. २ विजयनगर नजिकै पाटेबाघ देखिएको हो।

बस्तीनजिकै देखियो डमरुसहितको पाटेबाघ

टीकापुरको बस्ती नजिकै आफ्नो बच्चासहित पाटेबाघ देखा परेको छ। टीकापुर नगरपालिका वडा नं. २ विजयनगर नजिकै पाटेबाघ देखिएको हो।

बर्दिया निकुञ्जबाट एक वर्षमा पाँच पाटेबाघ नियन्त्रणमा

बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रमा मानवमाथि आक्रमण गरेर मार्ने तथा मानव बस्ती नजिक गएर घरपालुवा जनावर खाने पाँच वटा पाटेबाघलाई एक वर्षको अवधिमा नियन्त्रणमा लिएर विभिन्न ठाउँमा पुरयाईएको निकुञ्जले जनाएको छ । चालु आर्थिक वर्षमा मात्रै बर्दिया निकुञ्जबाट पाँचवटा पाटेबाघ नियन्त्रणमा लिइसकिएको बर्दिया निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत असीम थापाले बताउनुभयो । उहाँले यसरी नियन्त्रणमा लिईएका बाघहरु मध्ये एउटालाई निकुञ्जको कार्यालय रम्मापुरस्थित खोरमा राखिएको, एउटालाई सदर चिडियाखाना जाउलाखेल काठमाण्डौ पठाइएको, एउटा बाँकेको खोरबाट डण्डी बङ्ग्याएर भागेको तथा अर्को एउटालाई गुठी क्षेत्रको जङ्गलमा छाडिएको बताउनुभयो ।