विपद् जोखिम न्यूनीकरण प्रादेशिक नीतिमाथि छलफल

सुर्खेत । कर्णाली प्रदेशको विपद् जोखिम न्यूनीकरण प्रादेशिक नीति तथा रणनीतिक कार्ययोजनाको मस्यौदामाथि छलफल भएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजन एवं यूएनडीपी र शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाको सहयोगमा हालै आयोजित कार्यक्रममा मस्यौदामाथि छलफल भएको हो । छलफलका क्रममा युएनडिपीका परामर्शदाता तथा विपद् जोखिम न्यूनीकरण विज्ञ टिवेन्द्र बास्कोटाले विपद् जोखिम न्यूनीकरण प्रादेशिक नीति तथा रणनीतिसम्बन्धी मस्यौदाको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै विज्ञ बास्कोटाले विपद् जोखिमबाट सुरक्षित, जलवायु अनुकूलित र उत्थानशील तथा समृद्ध प्रदेश निर्माणका लागि सोच, नीति र रणनीति अनिवार्य शर्त भएकामा जोड दिए । ‘विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना कार्यान्वयनका प्राथमिकतालाई ध्यानमा राखेर कर्णाली प्रदेशको बहुप्रकोपको अवस्था बमोजिम विपद् जोखिमको लेखाजोखा र अनुगमन गर्न आवश्यक छ,’ उनले भने, ‘यसका लागि प्रभावकारी विपद् व्यवस्थापन सूचना प्रणालीको विकास गर्नुपर्दछ ।’ आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव दिनेशसागर भुसालले यसमा नीति, रणनीति राम्रोसँग उल्लेख गरिएको बताए । ‘हामी बजेट निर्माण गर्दा विपद् जोखिम न्यूनीकरणको कार्ययोजनालाई समावेश गर्छौं,’ उनले भने ।    उनले प्रस्तुत गरेको विपद् जोखिम कार्ययोजनाको मस्यौदालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकबाट टुंगो लगाइने बताए । यसका लागि भने लेखेर मन्त्रालयमा प्रतिवेदन दिन सहयोगी निकाय यूएनडीपीलाई उनले निर्देशन दिए । छलफलका सहभागीले भने प्राकृतिकका साथै मानवीय विपत्तिलाई पनि कार्ययोजनामा समेट्नुपर्ने, सबै प्रदेशबीच शीघ्र सूचना प्रवाहका लागि बलियो संयन्त्रको निर्माण गर्ने, विपद्पश्चात् पीडितलाई व्यवस्थापन गर्न खुला तथा सार्वजनिक चौर छनोट गर्ने, स्थानीय समुदायलाई अपनत्व लिने र जोखिम क्षेत्रको पहिचान गरी त्यस क्षेत्रमा बस्न रोक लगाउने नीति कार्ययोजनामा आउनुपर्नेमा जोड दिएका थिए । छलफलमा आएका सुझावलाई एकीकृत गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिमा अनुमोदनका लागि प्रस्ताव गर्ने मितिसहित तय भएको आयोजकले बताएको छ । उक्त छलफलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित मातहतका मन्त्रालय, कर्णाली प्रदेश प्रदेश योजना आयोग, वीरेन्द्रनगर नगरपालिका सबै सुरक्षा निकायका प्रमुख, रेडक्रस, विश्व खाद्य कार्यक्रम र निजी क्षेत्रको सहभागिता रहेको मन्त्रालयका विपद् महाशाखाका प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छः गृहमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्ने बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुगेर उनले प्राधिकरणले गरिरहेका कामको जानकारी लिने क्रममा नेपाल जलवायु परिवर्तनको जोखिममा रहेकाले यसको न्यूनीकरण तथा व्यवस्थापनका कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री श्रेष्ठले विपद्का ठूला घटना भएपछि त्यसको चर्चा हुने तर […]

डोटी र बाजुरका शिक्षकलाई विपद् जोखिम न्यूनीकरण तालिम

काठमाडौँ- सामुदायिक विकास मञ्च (सीडीएफ) नेपालले डोटी र बाजुराका गरी कूल २५ विद्यालयका सम्पर्क शिक्षकका लागि तीन दिने ‘विपद् जोखिम न्यूनीकरण’ तालिमको आयोजना गरेको छ । उक्त संस्थाको सामुदायिक उत्थानशीलता सुदृढीकरण परियोजनामार्फत सम्पर्क शिक्षकका लागि विपद् जोखिम न्यूनीकरण बृहत् विद्यालय सुरक्षा कार्य ढाँचा तथा जलवायु परिवर्तनसम्बन्धी तालिमको दीपायलमा आयोजना गरिएको हो । तालिममा जिल्लाका बोगटान […]

सुनिता र प्रकाश विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

दुलाल र सपुतले प्राकृतिक प्रकोप र यसबाट आउने विपद् जोखिम न्यूनीकरण योजनामा कलाकारलाई सहभागी गराएर प्राधिकरणले रचनात्मक कार्यको थालनी गरेको भन्दै आफूहरू सहयोग तथा समर्थन गर्न प्रतिबद्ध रहेको तर्क गरेका थिए।...

लोकगायक सपुत र दुलाल ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’

सरकारले चर्चित लोकगायक प्रकाश सपुत र लोकगायिक सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरेको छ ।नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी चर्चित लोक गायक सपुत र गायिक दुलाललाई गीत संगीतको माध्यामबाट समुदायमा विपद्सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त […]

प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दुत’ नियुक्त

काठमाडौं : गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दुत’ नियुक्त भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले दुलाल र सपुतलाई एक वर्षका लागि ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दुत’ नियुक्त गरेको हो। सद्भावना दुत नियुक्त भएपछि गायक सपुतले यो आफ्नो लागि एउटा…

गायक सपूत र गायिका दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा

काठमाडौं। गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई आज विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भनेको छ, “गीत संगीतको माध्यमबाट समुदायमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक सन्देश प्रवाहमा उहाँहरुको भूमिका उल्लेखनीय रहने प्राधिकरणले अपेक्षा गरेको छ।” प्रकाश र सुनिता यो बर्ष सबैभन्दा बढी बाढी पहिरो प्रभावित जिल्ला बाग्लुङ्ग र सिन्धुपाल्चोकका हुन्।

प्रकाश र सुनिता भए विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच  उनीहरुलाई सद्भावना दूत नियुक्त गरिएको घोषणा गरेको हो ।बाग्लुङका सपुत र सिन्धुपाल्चोककी दुलाललाई एक वर्षका लागि सद्भावना दूतमा नियुक्त भएका हुन् । विपद् जोखिम न्यूनिकरणका लागि कलाकारको विशेष भूमिका निर्वाह गर्न सक्ने भन्दै उनीहरुलाई सद्भावना दूत नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।कार्यक्रममा दुवै कलाका

प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त

काठमाण्डाै – सरकारले लोक गायक प्रकाश सपुत र लोक गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी लोक गायक सपुत र गायिका दुलाललाई गीत सङ्गीतको माध्यमबाट समुदायमा विपद्सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरिएको जानकारी गराएको हो ।  गीत सङ्गीतको माध्यमबाट समुदायमा विपद् जोखिम न्यूनीकरणसम्...

‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ मा प्रकाश सपुत र सुनिता दुलाल नियुक्त

काठमाडौँ । लोकगायक प्रकाश सपुत र लोक गायिका सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त भएका छन् । गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा प्रकाश र सुनितालाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको जानकारी गराएको हो । गीत सङ्गीतको माध्यमबाट समुदायका विपद् जोखिम न्यूनीकरण सम्बन्धी […]