नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित

काठमाण्डाै – फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित भएको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले नेपाल र चाइनिज ताइपेईबीच तय भएको खेल स्थगित भएको जनाएको छ । नेपालले दशरथ रङ्गशालामा आउँदाे मार्च २५ अर्थात् चैत १२ गते ताइपेईसँग खेल्ने तालिका रहेको थियो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण खेल स्थगित भएको एएफसीले जनाएको छ । कतारमा सन् २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा हुने एसियन कप छनोटमा नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग...

सम्बन्धित सामग्री

विश्वकप फुटबल छनोट खेल स्थगित

फिफा विश्वकप फुटबल २०२२ र एशियाली फुटबल प्रतियोगिता २०२३ को छनोट खेल स्थगित भएको छ । नेपालले छनोटको दोस्रो चरण अन्तगर्त दशरथ रङ्गशालामा चैत्त १७ गते अष्ट्रेलियाको सामना गर्ने तय भएको थियो । खेल तालिका अनुसार दोस्रो चरणमा नेपालले चाइनिज ताइपेई र अष्ट्रेलिया र जोर्डनको सामना गर्ने तय भएको थियो । तर एशियाली फुटबल संघले अद्यावधिक गरेको खेल तालिकामा खेल ‘भेन्यु’ दशरथ रङ्गशाला नै रहेपनि खेल स्थगित भएको उल्लेख गरिएको छ । त्यसअघि नेपालले १२ चैत्तमा चाइनिज ताइपेईको सामना गर्नेछ । उक्त खेल समेत स्थगित हुन पुगेको एएफसीको खेल तालिकामा उल्लेख गरिएको छ । नेपाल छनोट प्रतियोगिताको समूह बी मा रहेको छ । दोस्रो चरणको अन्तिम खेलमा नेपालले जोर्डनको सामना जुन ७ मा गर्ने तय गरिएको छ । तर उक्त खेल यथावत मितिमै हुने उल्लेख गरिएको छ । दोस्रो चरणकै खेलमा अष्ट्रेलियाले कुवेतको र कुवेतले जोर्डनको सामना गर्नेछ । उक्त खेल समेत स्थगित भएको छ । अष्ट्रेलिया र चाइनिज ताइपेईबीचको खेल यथावत तालिकामै हुने जनाइएको छ ।