दोब्बर भाडा अशुल्दै सार्वजनिक सवारी

काठमाडौ : सिन्धुपाल्चोक मेलम्ची घर भएकी १९ वर्षीया नीशाले काठमाडौं फर्किदा चार सय रुपैयाँ भाडा तिरिन्। गत बैशाख पहिलो साता मेलम्ची जाँदा उनले एक सय ९० रुपैयाँ तिरेकी थिइन्।  बस चढ्ने बेलामा सहचालकले बस भाडा बढेको छ,एक जनाको चार सय तिर्ने भए हिँड्नुस् पछि किचकिच गर्न पाइँदैन भनेकाे उनले सुनाइन्। जसरी पनि आउनै पर्ने भएकाले दोब्बर भाडा तिर्न तयार हुनु परेकाे उनले बाध्यता सुनाइन्।नीशाले भनिन्,‘परीक्षा तालिका सार्वजनिक भयो, काठमाडौं आउनै पर्ने भएकाले दोब्बर भाडा तिरेर आएँ। सरकार