शाङ्हाईको बन्दाबन्दीले चीनको जीडीपी २ % खस्काउँदै, विश्वको आपूर्ति चक्र थप बिग्रिने जोखिम

वैशाख २, काठमाडौं  । पछिल्लो समय चीनमा कोरोना भाइरसको संक्रमण यस अघि कहिले नदेखिएको स्तरमा बढिरहेको छ । शाङ्हाईलगायत ठूला शहरहरुमा दैनिक संक्रमण कीर्तिमानी स्तरमा फैलिरहेको छ ।संक्रमण नियन्त्रण गर्न सरकारले ४५ ओटा शहरमा पूर्ण वा आंशिक बन्दाबन्दी गरेको छ । बन्दाबन्दीले देशको एक चौथाई जनसंख्या र करीब ४० प्रतिशत अर्थतन्त्र प्रभावित भएको छ ।  तर वित्तीय केन्द्र साङ्हाईमा लगाइएको बन्दाबन्दीका कारण समग्रमा चीनको कुल गाहस्थ्य उत्पादन (जीडीपी) गम्भीर रुपमा प्रभावित हुने क्रममा रहेको छ । चीनले अर्थतन्त्रलाई टेवा दिन समयमै आवश्यक उपायहरु लागू गर्यो भने पनि शाङ्हाईको बन्दाबन्दीले चीनको जीडीपी १ दशमलव ५ प्रतिशत देखि २ प्रतिशतसम्म घट्ने विश्लेषण गर्न लागिएको छ ।  चीनको जीडीपीमा साङ्हाईको अनुपात साढे ३ प्रतिशतभन्दा धेरै छ । सन् २०२१ मा साङ्हाई नगरपालिकाको जीडीपीको आकार ४३ खर्ब २० अर्ब युआन थियो । पछिल्लो समय कोभिडका कारण आर्थिक गतिविधिमा परेको प्रभावबारे अधिकारीहरु सतर्क हुन थालेका छन् । ती प्रभाव न्यूनीकरण गर्न चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ (पीबीओसी)ले प्रमुख ब्याजदर घटाउने लगायत उपायहरु अपनाउन खोजिरहेको छ ।    अहिलेकै स्तरमा बन्दाबन्दी भइरह्यो भने शाङ्हाईको जीडीपी ६ प्रतिशतले घट्ने अनुमान गरिएको छ । योे चीनको कुल जीडीपीको अनुपातमा २ प्रतिशत  हुनेछ । शाङ्हाई अहिले चीनको कोभिड हटस्पट नै बनेको छ । अप्रिल १५ मै सकिने भनिएको बन्दाबन्दीको म्याद थपिएको छ । २ करोड ५० लाख बासिन्दा घरमै थुनिएका छन् । बन्दाबन्दीको म्याद बढेपछि नगरमा अनिश्चय बढेको छ भने नगरका बासिन्दामा त्रास बढेको छ । यस वर्ष साढे ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने चीनको लक्ष्य छ । गत वर्ष चीनको अर्थतन्त्र ८ दशमलव १ प्रतिशतले बढेको थियो ।    विश्वको अर्थतन्त्रमा शाङ्हाईको बन्दाबन्दीको प्रभाव शाङ्हाई चीनको सबैभन्दा ठूलो शहर हो भने विश्वको तेस्रो ठूलो महानगर हो । छिमेकी कुनसान सहित यसले विश्वको अर्थतन्त्रमा निकै महत्व बोकेको छ । चीन सरकारले बन्दाबन्दी खुकुलो बनाउने कुनै संकेत दिएको छैन । यस्तोमा शाङ्हाईको बन्दाबन्दीले  विश्व अर्थतन्त्रमा पार्ने प्रभावबारे चिन्ता बढिरहेको छ ।  सन् २०२१ को अन्त्यसम्ममा ८०० भन्दा धेरै बहुराष्ट्रिय कम्पनीले साङ्हाईमा क्षेत्रीय वा कन्ट्री मुख्यालष् स्थापित गरेका छन् । फरच्यून  ५०० मा रहेका एप्पल, क्वालकम, जनरल मोटर्स, पेप्सीको समेत १२१ कम्पनीहरुको व्यवसाय शाङ्हाईमा छ । यहाँ विदेशी स्वामित्वका ७० हजार भन्दा धेरै कम्पनीका कार्यालय छन् । शाङ्हाई स्टक एक्सचेञ्ज सूचिकृत कम्पनीको मूल्यको आधारमा विश्वको तेस्रो ठूलो शेयर बजार हो ।  चीनको जीडीपीमा शाङ्हाईको अनुपात कम भएपनि बाँकी  विश्वसँग चीनको व्यापारमा यसको अनुपात १० दशमलव ४ प्रतिशत रहेको गत वर्षको सरकारी तथ्यांकले देखाएको छ । शाङ्हाईको बन्दरगाह कन्टेनर ट्राफिकको आधारमा विश्वको सबैभन्दा व्यस्त बन्दरगाह हो । गत वर्ष चीनबाट बाहिर गउका कूल कन्टेरनमा १६ दशमलव ७ प्रतिशत यही बन्दरगाहबाट गएको थियो ।  महामारीले बन्दरगाहबाट सामान ढुवानी थप खराब बनेको छ भने यात्रुबाहक उडान ठप्प भएको छ ।   यो एशियाको मुख्य एभियशन हब पनि हो । महामारीले बन्दरगाहबाट सामान ढुवानी थप खराब बनेको छ भने यात्रुबाहक उडान ठप्प भएको छ । हवाई माध्यमबाट हुने सामान ढुवानीको लागत बढ्दा विश्वको आपूर्ति चक्रमाथि दबाब झनै बढेको छ ।  कुनसानसमेत पूर्वी क्षेत्रका अन्य शहरहरुसमेत बृहत शाङ्हाई क्षेत्र कारदेखि सेमिकन्डक्टर निर्माता कम्पनीको लागि मुख्य उत्पादन केन्द्र हो । चीनको सरकारी कम्पनी एसएआईसी मोटरसँगको सहकार्यमा फक्सवागन र जनरल मोटर्स दुबैले यहाँ कारखना चलाइरहेका छन् । टेस्लाको गिगा कारखाना पनि यही छ । उपशहरी क्षेत्र सोङचियाङमा करारमा चिप बनाउने विश्वको सबैभन्दा ठूलो कम्पनी टीएसएमसीको ठूलो चिप कारखाना पनि यहाँ छ ।  नगरको पूर्वमा रहेको फुतोङमा चीनको प्रमुख चिप निर्माता कम्पनीहरु एसएमआईसी र हुवा होङ सेमिकन्डक्टरको कारखाना पनि छ । तर कोभिडका कारण लगाइएको प्रतिबन्धका कारण हप्तौं देखि कारखनाहरु बन्द छन् । केही कम्पनी उत्पादन रोक्न बाध्य बनेका छन् । यसले अटो र विद्युतीय सामाग्रीको आपूति चक्र झनै बिगार्ने जोखिम बढाएको छ । शाङ्हाईको धेरै व्यापार पूर्वी यूरोपसँग छ । तर क्षेत्रीय आपूर्ति चक्रमा देखिएको प्रभाव अन्यत्र पोखिन सक्ने विश्लेषक अनुसन्धान संस्था सिटीका विश्लेषकहरुको विश्लेषण छ ।  चीनले शुरुमै महामारी नियन्त्रण गर्न सफल भएकोले विश्वभर यसको निर्यात बढेको थियो । यसले पनि विश्व अर्थतन्त्रमा चीनको महामारीको प्रभाव पोखिने सम्भावना बढेको छ ।    यस वर्ष एशियाली अर्थतन्त्रले सामना गर्ने एउटा झट्काको रुपमा विश्व बैंकले चीनमा महामारीको पछिल्लो अवस्था र त्यहाँको आर्थिक सुस्तीलाई औंल्याएको छ । चीनबाट आयातित सामानमा महँगी बढ्ने सम्भावना पनि बढेको छ । चीनले अहिले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाएको बन्दाबन्दीको जोखिम विश्वको मुद्रास्फीतिमा सन् २०२० को तुलनामा निकै उच्च भएको बर्नस्टेनका विश्लेषकहरुले बताएका छन् ।  महामारी शुरु भएको बेलाको तुलनामा अहिले विश्वको चिनियाँ सामानमा निर्भरता बढेको छ ।चीनले शुरुमै महामारी नियन्त्रण गर्न सफल भएकोले विश्वभर यसको निर्यात बढेको थियो । यसले पनि विश्व अर्थतन्त्रमा चीनको महामारीको प्रभाव पोखिने सम्भावना बढेको छ ।  एजेन्सी