विपन्नलाई छात्रवृत्ति

काठमाडौँ, २३ फागुन । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्घ गराइने छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले हरेक वडाका दुई÷दुई विद्यार्थीलाई […]

सम्बन्धित सामग्री

विपन्नलाई खाद्यान्न र जेहेन्दारलाई छात्रवृत्ति

विपन्न परिवारलाई धनशोभा राई स्मृति सेवा केन्द्र धनकुटाले खाद्यान्न सहयोग गरेको छ भने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

प्राविधिक शिक्षा अध्ययन गर्न विपन्नलाई छात्रवृत्ति

माध्यमिक शिक्षा परिषद (एसईई) मा ३ जिपिए ल्याउनुभएकी रचना प्राविधिक विषय अध्ययन गर्न राप्ती प्राविधिक शिक्षालयमा भर्ना हुनुभयो । कक्षा २ मा पढ्दा रचनाले बुवा गुमाउनु भएको थियो । जहान पाल्न सकस भएपछि रचनाकि आमा वैदेशिक रोजगारीमा जानुभयो ।

फुटबल प्रशिक्षणका लागि सिप्रदीको छात्रवृत्ति

सिप्रदी सहायता संस्थाले आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई निःशुल्क फुटबल तालिमका लागि छात्रवृत्ति प्रदान गर्ने भएको  छ । काठमाडौं किकर्ससँगको सहकार्यमा फुटबलमा योग्य, दक्ष तर आर्थिक रुपमा विपन्नलाई परीक्षणको लागि छात्रवृत्ति दिन लागिएको संस्थाले जनाएको छ । फुटबल तालिममा १२ र १३ वर्षका केटा र केटी दुवैले सहभागिता जनाउन सक्नेछन् ।त्यस्तै, तालिमको छनौट कार्यक्रम फागुन २८ गते कुपन स्पोर्ट्स सेन्टरमा काठमाडौंमा हुँदैछ । हाल काठमाडौं किर्कस एकेडेमीमा स्कटिस प्रशिक्षक लिमेनसनले प्रशिक्षण दि

२५ जना पूर्वमिस नेपालले गठन गरे क्लब, सामाजिक अभियान चलाउने

२३ फागुन, काठमाडौं । पूर्वमिस नेपालहरुले सामाजिक अभियान सुरु गरेका छन् । हालसम्मका २५ पूर्वमिस नेपालहरुले ‘फर्मर मिस नेपाल विनर क्लब’ गठन गरी सामाजिक अभियान सुरु गरेका हुन् । यसमा मानसिक स्वास्थ्यदेखि विपन्नलाई छात्रवृत्ति प्रदान गर्नेसम्मको योजना उनीहरुले अघि सारेका छन् । सबै पूर्वमिस नेपालहरुलाई एउटै छातामा आबद्ध गर्ने उद्देश्यले गठन गरिएको यो क्लबले सामाजिक […]