नेपाली रक्सीको ब्रान्डिङ

स्थानीय बासिन्दाले परम्परागत रूपमा उत्पादन गर्दै आएका थुप्रै वस्तुको ब्रान्डिङ र बजारीकरण गर्न नसक्दा नेपाली उत्पादनहरू विशिष्ट भएर पनि बजार पाउन सकेका छैनन् । यस्ता वस्तुका पारखी नभएर भन्दा पनि पारखीहरूमाझ उत्पादन पुर्‍याउन नसक्दा तथा त्यसको गुणस्तरमा आश्वस्त पार्न नसक्दा थुप्रै उत्पादनले अवसर गुमाएको मात्र होइन, भोलिका दिनमा ती वस्तु अन्य देशले आफ्नो बौद्धिक सम्पत्तिका रूपमा दर्ता नगराउलान् भन्न सकिँदैन । यसो हुन गयो भने आफ्नै परम्परागत प्रविधि भए पनि यसको उत्पादनका लागि अन्य देशसँग अनुमति लिनुपर्ने अवस्था नआउला भन्न सकिँदैन । त्यस्ता विभिन्न उत्पादनमध्ये रक्सी पनि एक हो । नेपाली रक्सी पनि त्यही स्तरमा जान सक्छ जुन स्तरमा अहिले जापानको साके, चीनको माउताइ, गोवाका फेनी, क्युवाको टकिला आदिले आफ्नो पहिचान र बजार बनाएका छन् । नेपालमै राम्रो गुणस्तरको मदिरा उत्पादन हुन्छ । कोदोलगायत अन्नबाट बनाइने स्थानीय मदिराको गुणस्तर र स्वाद पनि ठाउँपिच्छे फरकफरक पाइन्छ । नेपाल भ्रमणमा आएका विदेशीहरूले नेपाली मदिरालाई मन पराएको पनि पाइन्छ । त्यसैले यसको ब्रान्डिङ गर्न सके निर्यातको सम्भावनासमेत देखिन्छ । नेपाली मदिराको परिभाषित गुणस्तर छैन, ब्रान्डिङ र प्याकेजिङ पनि छैन । त्यही कारण यसलाई पूर्ण विश्वासका साथ उपभोग गर्न समस्या छ । घरेलु मदिराका रूपमा चिनिए पनि यसको औद्योगिक उत्पादन सम्भव छ । तर, यसको मापदण्ड नतोकिएको हुनाले गुणस्तरहीन मदिरा पनि प्रशस्त बनिरहेका छन् । यस्तो मदिरा सेवन गरेर कैयौंले ज्यान गुमाएको समाचार पनि आइरहन्छ । यही कारण नेपाली मदिरा केही मात्रामा बदनाम भएको छ । यसलाई ब्रान्डिङ, गुणस्तर चिह्न प्रदान, राम्रो प्याकेजिङ आदि पक्षमा ध्यान दिने हो तथा यसका लागि मापदण्ड बनाउने हो भने नेपाली ब्रान्डका रूपमा नेपाली मदिराले स्वदेश तथा विदेशमा राम्रो बजार पाउन सक्ने देखिन्छ । नेपाली रक्सी पनि त्यही स्तरमा जान सक्छ जुन स्तरमा अहिले जापानको साके, चीनको माउताइ, गोवाका फेनी, क्युवाको टकिला आदिले आफ्नो पहिचान र बजार बनाएका छन् । नेपालमा रक्सी बनाउने प्रविधि भौगोलिक स्थान र जनजातिका आधारमा फरकफरक छ । यसको अर्थ नेपालभित्रै विभिन्न ब्रान्ड र अलग पहिचानका मदिरा उत्पादन गर्न सकिन्छ । जस्तै मुस्ताङमा करूको रक्सी उत्पादन हुन्छ । त्यस्तै छ्याङको आफ्नै पहिचान छ । अहिले नेपालमा छ्याङको ब्रान्डमा कोरियाली रक्सी विक्री भइरहेको छ । त्यो छ्याङजस्तै भएकाले नेपाली नाम राखेर नेपालमै विक्री भइरहेको छ । भोलि अन्य मदिरा पनि यस्तै हुन सक्छ । नेपाली रक्सीलाई अवैध र गुणस्तरहीन भनेर प्रहरीले जफत गर्ने गरेको छ र यसरी जफत भएको मदिरा खाल्डामा पुर्ने गरेको छ । जथाभावी सेवन गरेर समाजको शान्ति भंग गरेको भन्दै यसको सेवनलाई दुरुत्साहन गर्ने गरिन्छ । त्यो उपयुक्त नै हो तर आफ्नो देशको प्रविधिको प्रयोगबाट भएको उत्पादन खाल्डामा पुर्नु र बजारमा विदेशी रक्सी जथाभावी पाइनु कुनै पनि दृष्टिकोणले उपयुक्त मान्न सकिँदैन । अहिले १ न प्रदेशले नेपाली रक्सीलाई ब्रान्ड बनाउने तयारी थालेको छ जुन सकारात्मक छ । यसका लागि आवश्यक मापदण्ड र गुणस्तर कायम गर्न आवश्यक नीतिहरू तय गरियो र यस्तो गर्ने उद्योगलाई प्रोत्साहन गरियो भने निकै सकारात्मक काम हुनेछ । स्वदेशी कच्चा पदार्थ र स्वदेशी प्रविधिको भरपुर उपयोग हुन्छ र सीमान्तकृत वर्ग यसबाट लाभान्वित हुन सक्छ । यसको औद्योगिक उत्पादन हुन थालेपछि विदेशी मदिराका आयात घट्ने त होइन तर नेपालबाट निर्यात भने पक्कै बढ्छ । स्थानीय मदिरा उत्पादन गर्नेलाई दण्ड जरीवाना भइरहेका छन् । यसो हुनुको कारण यसको गुणस्तरमा शंका हुनु हो । गुणस्तरीय बनाउने हो मदिरा उत्पादन गर्दा कारबाही गर्नुपर्ने कारण देखिँदैन । प्रदेश १ ले राम्रो कामको थालनी गरेको छ । यसलाई प्रदेश एकमा मात्र सीमित नराखी संघीय सरकार मातहतमा रहेका निकायले पनि यसमा सहयोग गर्नु उपयुक्त हुन्छ ।

सम्बन्धित सामग्री

नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ : मन्त्री किराती

काठमाडौँ, २१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन् । खेमराज गुरुङ ट्रष्टले उनको सातौँ वार्षिक पूण्यतिथिको अवसरमा बुधबार यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा उनले नेपालको संस्कृति र प्रकृति हीरा र सुन भएको भन्दै त्यसलाई नेपालले विश्व बजारमा ‘ब्रान्डिङ’ गर्न सक्नुपर्ने बताएका […]

गाेरखाकाे चुमनुब्रीको स्याउलाई 'ब्रान्डिङ' गरिँदै

गाेरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाभित्र उत्पादन हुने स्याउलाई मनास्लु स्याउ नामकरण गरी 'ब्रान्डिङ' गरिने भएको छ ।  गाउँपालिकाले पालिकाभित्र उत्पादित स्याउको निर्यात बढाउनका लागि स्याउको नामकरण मनास्लु राखेर 'ब्रान्डिङ' गर्ने तयारी गरेकाे गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । 'हिमाली क्षेत्र पर्ने भएकाले चुमनुब्री स्याउको राम्रो उत्पादन हुने गाउँपालिका हो', उहाँले भन्नुभयो, 'गाउँपालिकाको आउँदाे आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पालिकाभ...

मालिका गाउँपालिकाले घरेलु मदिराको ‘ब्रान्डिङ’ गर्ने

म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय घरेलु रक्सीको ‘ब्रान्डिङ’ गर्ने नीति तथा कार्यक्रम बनाएको छ। दरवाङको छ्यारछ्यारेमा मंगलबार सुरु भएको तेह्रौं गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले घरेलु मदिरा ब्रान्डिङ गर्ने, बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने ल...

नेपालगन्जमा रैथाने स्वादलाई ब्यवस्थित र ब्रान्डिङ गर्न ‘फुडलेन’ बनाइँदै

नेपालगन्जका रैथाने स्वादलाई ब्यवस्थित र ब्रान्डिङ गर्न ‘फुडलेन’ बनाउने तयारी थालिएको छ। स्थानीय पुरानो बजार त्रिभुवन चोक क्षेत्रमा फुडलेन बनाइने भएको हो।...

प्रेम दिवसमा रानिमहलको ब्रान्डिङ हुने

तानसेन माघ २५ । तानसेन नगरपालिकाको मुख्य आयोजनामा नेपालको ताज महल भनेर चिनिने रानि महलमा प्रेम दिवसको अवसर पारेर नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानी महल ब्रान्डिङ गरिने भएको छ । फागुन २ गते मनाइने दिवसका दिन रानिमहलमा विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए । […]

गुन्द्रुकको ब्रान्डिङ गर्दै रोङ गाउँपालिका

जिल्लाको रोङ गाउँपालिका पनि ठूलो काम गरेर होइन, फरक काम गरेर किसानको नजिकको सरकार ‘अनुभूत’ गराउन खोज्दैछ। र, गाउँपालिकाले अहिले फरक कार्यक्रम ल्याएको छ– गुन्द्रुक उत्पादनमा अनुदान र बजारीकरणका लागि ब्रान्डिङ।...

घरेलु मदिरा ब्रान्डिङ गर्ने स्थानीय तहको नीतिमा संघीय सरकारको तगारो

आगामी आर्थिक बर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा कतिपय स्थानीय तहले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने भनेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि नेवार समुदायमा प्रचलनमा रहेको घरेलु मदिरालाई ब्रान्डिङ गरेर व्यापार प्रवद्र्धन गर्ने बताएका छन् ।यस्तै बाग्लुङको बाग्लुङ नगरपालिकाले पनि घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ब्रान्डिङ गर्ने नीति लिएको छ । बाग्लुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठले स्थानीय रुपमा उत्पादित मदिरालाई स्वास्थ्य मापदण्ड पूरा गरी ब्रान्डिङ र

बालेन्द्रले लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्थानीय लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बताएका छन् । आइतबार ११ औं नगर सभामार्फत आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर शाहले यस्तो बताएका हुन् । काठमाडौं महानगरपालिकाको सांस्कृतिक तथा ऐतिहासिक सहरमा स्थानीय नेवार समुदायले उत्पादन गर्ने पेय पदार्थ (रक्सी) लाई अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउन ब्रान्डिङ गर्ने उनले बताएका हुन् ।

बालेन्द्रले लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बताएका छन् । आइतबार ११ औं नगरसभामार्फत आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर साहले यस्तो बताएका हुन् । काठमाडौं महानगरपालिकाको सांस्कृति तथा ऐतिहासिक सहरमा स्थानीय नेवार समुदायले उत्पादन गर्ने पेय पदार्थ (रक्सि)लाई अन्तर्राष्ट्रिय बजारमा समेत पु¥याउन ब्रान्डिङ गर्ने उनले बताएका हुन् ।

‘ब्रान्डिङ’ गरिँदै लुम्बिनी

गौतमबुद्धको जन्मस्थल रहेर पनि नेपालले लुम्बिनीलाई विश्वसामु चिनाउन नसकिरहेको अवस्थामा नेपाल टुरिजम बोर्डले लुम्बिनीलाई ‘ब्रान्डिङ’ गर्ने योजना अगाडि सारेको छ।