स्याङ्जामा ५० प्रतिशत मत खसेको प्रारम्भिक विवरण

स्याङ्जा – स्याङ्जामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा प्रारम्भिक विवरणअनुसार ५० प्रतिशत मत खसेकाे छ ।  सामान्य विवाद र केहीबेरको अवरोधका बीच चुनाव सम्पन्न भएकाे स्याङ्जाका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिनुभयाे ।   जिल्लाकाे चापाकोट नगरपालिका १ को भानु मावि मतदान केन्द्रमा दिउँसो तीन घण्टा मतदान राेकिएकाे थियो । कांग्रेस र एमालेका प्रतिनिधिबीच कुटाकुट हुँदा एक राउन्ड हवाई फायर नै गर्नुपरेको थियो । कुटपिट गर्ने वडा सदस्यसमेत रहेका एमालेका प्रतिनिधि सन्तोष थापालाई कारबाही गर्...