काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय चुनावमा गठबन्धनबाट पोखरा महानरपालिका दिनुपर्ने माग गरेको छ ।
सत्ता गठबन्धनमा महानगरपालिकाको नेतृत्व बाँडफाँटमा सहमति जुटाउन आइतबार बसेको बैठकमा एकीकृत समाजवादीले पोखरा महानगर र तीनवटा उपमहानगर दिनुपर्ने माग राखेको हो ।
स्रोतकाअनुसार एकीकृत समाजवादीले उपमहानगरमा बुटवल, हेटौँडा र इटहरी मागेको छ ।
बैठकमा माओवादी केन्द्रले भने भरतपुर महानगर नछोड्ने अडान...
काठमाडौं । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित ४ वटा उपमहानगरपालिका दाबी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको रामचन्द्र पौडेल नेतृत्वको कार्यदलको बैठकमा माओवादीले धरान, जितपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकामा समेत दाबी गरेको छ । माओवादीले नेकपा एसलाई पोखरा, जसपालाई वीरगन्ज दिएर बाँकी तीन महानगरपालिका विराटनगर, काठमाडौं र ललितपुर नेपाली कांग्रेसले राख्न […]